Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

कम्युनिष्ट आन्दोलनमा स्व चौलागाइँको महत्वपूर्ण योगदान छ : माधव नेपाल


२८ वैशाख, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारको अन्त्य गर्न सके मुलुकमा सुशासन कायम गर्न सकिने बताएका छन् ।

उनले भ्रष्टाचार निर्मुल पार्न सके सुशासन र लोकतान्त्रिक अभ्यासले विकास तथा समृद्धि कायम हुनेमा विश्वास व्यक्त गरे । दोलखा काठमाडौँ सम्पर्क मञ्चले आज नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय काठमाडौँमा आयोजना गरेको स्व पशुपति चौलागाइँको दोस्रो स्मृति दिवसका अवसरमा अध्यक्ष नेपालले दोलखाली कम्युनिष्ट पार्टी मात्र नभइ सिङ्गो दोलखामा उनको भूमिका र योगदान उच्च रहेको बताए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो दिलु पन्तले चौलागाई सरल र सादगी नेता रहेको बताए । उनले नक्कली शरणार्थी अनुसन्धानमा सत्यतथ्य सार्वजनिक गर्न सहयोग गर्ने उद्देश्यले आफ्नो पार्टीले आज देशभर दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने उहाँले जानकारी दिए ।

पोलिटब्यूरो सदस्य शिव भण्डारी, पार्टीका केन्द्रीय सदस्य चुनु केसी लगायतका नेताले चौलागाइँ सामाजिक विकास तथा आर्थिक व्यवस्थापनमा पारदर्शी रहेको आदर्श नेताका रूपमा नयाँ पुस्ताले सम्मान गर्नुपर्ने बताए ।

दोलखा काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष हरिहर कार्कीले मुलुकको राजनीतिक विकास क्रममा चौलागाइँको योगदान अविस्मरणीय रहेको उल्लेख गरे ।

दुई वर्षअघि कोरोनाको उपचारको क्रममा निधन भएका चौलागाईँ तत्कालीन अवस्थामा नेकपा (एमाले)को पोलिटब्यूरो सदस्य थिए भने दुई कार्यकाल दोलखाको सभासद् भएका थिए।


प्रकाशित मिति: २८ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?