Trending
>>   भारतमा खाना पकाउने ग्यासको चरम अभाव, सरकारद्वारा ‘अत्यावश्यक वस्तु ऐन’ लागू >>   विश्व बैंकद्वारा नेपाललाई ५ करोड २० लाख डलर ऋण स्वीकृत >>   समानुपातिक मतगणना सकियो, सिट बाँडफाँटको प्रक्रिया सुरु हुँदै >>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित
Logo
२७ फाल्गुन २०८२, बुधबार
२७ फाल्गुन २०८२, बुधबार

नेपाल आए ‘मिस्टर सुप्रानेसनल प्रथ्मेश’


तेस्रो संस्करणको ‘मिस्टर एन्ड मिस नेशनल नेपाल २०२३’ मा प्रस्तिस्पर्धा गरिरहेका अन्तिम एक्काइस प्रतियोगीमध्ये विजेता छान्न ‘मिस्टर सुप्रानेसनल २०१८’ का विजेता प्रथ्मेश मौलिङ्गकार नेपाल आएका छन् ।

बुधबार साँझ नेपाल आइपुगेका मौलिङ्गकारले टप मोडल राउण्ड, स्वीमर राउण्ड, प्रि–जज राउण्ड र फाइनलमा निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।

“म नेपाल आउँन एकदमै उत्साहित थिए, पहिला पनि प्रयास भएका थिए, तर कोरोनाका कारणले मिलेन, यहाँ बिताउने समय मेरा लागि उपलब्धिमूलक नै हुनेमा विश्वस्त छु”, मौलिङ्गकारले भने, “हामी सुप्रानेसनल सबै परिवार हौँ, यहाँ आएर निर्णायकको भूमिका निर्वाह गर्न पाउँदा खुसी छु, नेपालमा समेत यो प्रतियोगिताको सुरुआत भएको छ, आयोजकलाई धन्यवाद भन्न चाहन्छु ।” प्रतियोगीसँग भेटघाटका साथै पर्यटकीय र धार्मिकस्थल घुमघाम गर्ने योजना रहेको उनले जानकारी दिए ।

प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन मौलिङ्गकारलाई निर्णायकका रुपमा ल्याइएको आयोजक संस्था सनुर्भी इन्टरनेशनल प्रालीले जानकारी दिएको छ । प्रतियोगिताका नेपाल निर्देशक सन्तोष उपाध्यायले मौलिङ्गकारको नेपाल बसाइ नौ दिन हुने जानकारी दिए । “उहाँ हाम्रो प्रतियोगितासँगै पर्यटन प्रवद्र्धनका गतिविधिमा समेत सहभागी हुनुहुनेछ, उहाँमार्फत हामीले हाम्रो प्रतियोगिताबारे अन्तर्राष्ट्रियस्तरमा सन्देश पठाउने छौँ”, निर्देशक उपाध्यायले भने ।

प्रतियोगितामा काठमाडौँसँगै इटहरी, धनगढी र पोखरामा भएका अडिसनमार्फत छनोट भएका एक सय ७० बाट छानिएका ३६ र त्यसबाट छानिएका २१ प्रतियोगीले प्रस्तिस्पर्धा गरिरहेका छन् । “म आफैँ प्रतियोगीका रूपमा मिस एन्ड मिस्टर सुप्रानेसनलमा सहभागी भएर चौथो बनेपछि अवसरको सिर्जना गर्नुपर्छ भनेर यसलाई नेपालमा सुरु गरेको हुँ, यसपटक मैले मिस ग्लोब र मिस्टर इन्टरनेशनलको शीर्षकसमेत थपेको छु”, निर्देशक उपाध्यायले भने ।

प्रशान्त ताम्राकार कोरियोग्राफी रहनुभएको प्रतियोगितामा दुई पुरुष र दुई महिला गरेर चार विजेता छानिने छन् । त्यसमध्ये पुरुष विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस्टर सुप्रानेसनल र मिस्टर इन्टरनेशनलमा सहभागिता जनाउने छन् भने महिला विजेताले मिस सुप्रानेशनल र मिस ग्लोबमा सहभागीको अवसर प्राप्त गर्नेछन् ।

 


प्रकाशित मिति: २८ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?