Trending
>>   पार्टी अध्यक्षमाथि भ्रष्टाचारको मुद्दाबारे सञ्चारकर्मीको प्रश्नमा झलनाथको जवाफः ‘यो प्रश्न हामीले पनि गर्नुपर्ने हुनसक्छ’ >>   विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक छः झलनाथ खनाल >>   ‘नेपालमा कुलिङ पिरियड र अडान छोडेको रास्वपा’ >>   चालु आ.व.मा ललितपुर महानगरपालिकाको बेरुजु ०.५२ प्रतिशत >>   बैतडीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु र ६ जना घाइते >>   मङ्गोलियामा परम्परागत नादम महोत्सव उद्घाटन >>   कंगोमा हैजाको प्रकोप उच्च >>   अगस्ट १ देखि क्यानडामा ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा >>   दक्षिण पश्चिम पाकिस्तानमा बन्दुकधारीद्वारा ९ जनाको हत्या >>   सरदरभन्दा कम वर्षा, मधेसमा खडेरी, सुदूरपश्चिममा सरदरभन्दा बढी वर्षा
Logo
२८ असार २०८२, शनिबार
२८ असार २०८२, शनिबार

समाचार


त्रिभुवन विश्वविद्यालयमा नेविसंघका श्याम राज ओझा विजयी

५ चैत्र, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयमा १४ वर्ष पछि भएको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघले बाजी मारेको छ । ३४२६ विद्यार्थी मतदाता भएको उक्त क्याम्पसमा २०७५ मत खसेको थियो जसमा नेविसंघका उम्मेद्वार श्याम राज ओझाले ८९४ मत प्राप्त गरी निर्वाचित भएका छन् । ओझाले २१३ मतान्तरले विजय भएका छन् ।

फेवाताल किनारमा पुराना डुङ्गा : थपिँदै चुनौती, मासिँदै सुन्दरता

५ चैत्र ,पोखरा । पर्यटकीय नगरी पोखराको गहनाको रूपमा लिइन्छ फेवाताललाई । फेवाताललाई लिएर निकै सुन्दर गीत साहित्य सृजना भएका छन् । आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट गन्तव्यको रूपमा रहेको फेवातालमा डुङ्गा सयर गरेर पर्यटकले निकै आनन्द लिने गर्दछन् । जति हेरे पनि नथाकिने फेवातालको सुन्दरतामा माछापुच्छ्रेको छाँया प्रकृति प्रेमीका

उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यसमिति सदस्यमा क्यानका निवर्तमान अध्यक्ष कुँवरको उम्मेदवारी

५ चैत्र, काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा क्यान महासंघबाट निवर्तमान अध्यक्ष नवराज कुँवरले उम्मेदवारी प्रस्तुत गरेका छन् । केन्द्रीय कार्यसमिति सदस्य पदमा १२३ वस्तुगत संघहरूको तर्फबाट उनले उम्मेदवारी प्रस्तुत गरेका हुन् । उनले विभिन्न बुँदासहित उनको उम्मेदवारी र प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । चैत्र २८ र २९ गते महासंघको

राजस्व नीतिबारे सरकारद्वारा सुझाव माग

५ चैत्र ,काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐनमा समावेश गरिनुपर्ने राजस्व नीतिबारे सरकारले विभिन्न सरोकारवाला क्षेत्रसँग सुझाव मागेको छ । अर्थ मन्त्रालयले आज एक सूचना जारी गर्दै चैत २० गतेसम्म सुझाव दिइसक्न भनेको हो । “आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐन तर्जुमा गर्दा अवलम्बन गर्नुपर्ने राजस्व

‘दक्ष जनशक्तिलाई स्वदेशमै रोकौँ’

५ चैत्र ,लुम्बिनी । बुटवलका शिक्षण संस्थामा अध्ययन गरेका जनशक्तिलाई विदेश जानबाट रोक्न तीन तहकै सरकारले आवश्यक योजना बनाउनुपर्नेमा जोड दिइएको छ । बुटवल उपमहानगरपालिकाले आज नगरभित्रका शैक्षिक संस्थाका अगुवाहरुसँग गरेको छलफलका वक्ताले देशमा हाल उपलब्ध जनशक्तिकै खपत हुन नसकेकाले यस्ता दक्ष जनशक्तिसमेत विदेश पलायन हुन बाध्य भएको बताए ।

कोशी प्रदेश : नामकरणको विरोध

५ चैत्र ,विराटनगर । कोशी प्रदेश नामकरणपछि असहमत केही समूहले आफ्ना विरोध निरन्तरता दिएका छन् । उक्त समूह हिंसात्मक विरोधमा उत्रिएपछि प्रहरीले बल प्रयोग गर्नुपरेको छ । आज विराटनगरमा आयोजित यस्तै विरोधमा सहभागी प्रदर्शनकारीको भीडलाई तितरबितर गर्न प्रहरीले दुई राउन्ड आश्रु ग्यास छोडेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी

उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण, ८ लाख सेनामा भर्ती हुँदै

५ चैत्र, एजेन्सी । उत्तर कोरियाले आज पनि छोटो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । एक साताको अवधिमा प्योङयाङले गरेको यो चौथो क्षेप्यास्त्र प्रक्षेपण हो । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले पाँच वर्षयता गरेका सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यासको विरोधमा प्योङयाङले शक्तिशाली क्षेप्यास्त्र प्रक्षेपण गरिएको ठानिएको छ । अमेरिका र

फोटो खिच्दा भीरबाट लडेर किशोरीको मृत्यु

५ चैत्र, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने लामो झोलुङ्गे पुल छेउबाट भीरमा खसेकी बागलुङ नगरपालिका–२ बस्ने १५ वर्षीया अप्सरा खातुनको मृत्यु भएको हो । लामो पुल घुम्न परिवारसहित पुलको पूर्वतर्फ पर्ने अदुवारी पुगेकी खातुन

बैंक, लघुवित्त र सहकारीको बृहत् समीक्षा बैठक गर्छौं : प्रधानमन्त्री प्रचण्ड

५ चैत्र, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक, लघुवित्त र सहकारी संस्थाहरूमा देखिएका समस्याहरू प्याकेजमा सम्बोधन गर्न बृहत समीक्षा बैठक बोलाउने बताएका छन्। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले वित्तीय संस्थाहरूको अनुगमन र नियमन आवश्यक रहेको बताए। प्रधानमन्त्रीले भने, ‘‘कुनै समयमा

उपप्रधानमन्त्री श्रेष्ठसँग बेलायती सांसद शर्माको भेटवार्ता

५ चैत्र, काठमाडाैँ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग बेलायतका सांसद बीरेन्द्र शर्माले शिष्टाचार भेटवार्ता गरेका छन् । सांसद शर्मा बेलायत–नेपाल सर्वदलीय सांसद समूहको सभापति हुन् । सिंहदरबारमा भएको भेटमा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्रेष्ठले नेपाल र बेलायतबीच सम्बन्धको स्मरण गर्दै बेलायतको सेना र ब्रिटिश गोर्खा

सम्वन्धित समाचारहरु