Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

विश्व बैंकद्वारा बङ्गलादेशका लागि १ अर्ब २५ करोड डलर सहयोग स्वीकृत


१६ वैशाख, एजेन्सी । विश्व बैंकले सन् २०२३ देखि २०२७ सम्मका लागि बङ्गलादेशका लागि तीन वटा नयाँ परियोजनामा १.२५ अर्ब अमेरिकी डलर बराबरको वित्तीय सहयोग स्वीकृत गरेको छ ।

बैंकले पोषण, उद्यमशीलता र उत्थानशीलताका लागि कृषि तथा ग्रामीण रूपान्तरण कार्यक्रम (पार्टनर) नामक परियोजनाका लागि ५० करोड रुपैयाँ उपलब्ध गराउने जनाएको हो ।

बैङ्कले अन्य ५० करोड हरित र जलवायु उत्थानशील विकास ऋणको रूपमा पठाउने जनाएको छ ।

सहयोगले लघु उद्यम क्षेत्रलाई अधिक गतिशील, कम–प्रदूषणकारी, संसाधन–कुशल र जलवायु प्रभावित क्षेत्रका लागि मद्दत गर्न लघु उद्यममा एक परियोजनाको लागि दुई बरोड ५० लाख स्वीकृत गरेको छ ।

“यो कन्ट्री पार्टनरशिप फ्रेमवर्क (सीपीएफ) विश्व बैंक समूह र बङ्गलादेशबीचको पाँच दशक लामो बलियो साझेदारीमा आधारित छ,” बङ्गलादेश र भुटानका लागि विश्व बैंकका क्षेत्रीय निर्देशक अब्दुलाय सेकले भने ।

“बङ्गलादेशले अझ बढी समृद्ध बन्ने लक्ष्य लिएकाले उच्च मध्यम आय भएको देशको आवश्यकता पूरा गर्नका लागि बलियो संस्था र नीतिको आवश्यकता पर्नेछ ।
सीपीएफले रोजगारी प्रदान गर्न र समावेशीकरण र लचिलोपनलाई समर्थन गर्न सरकारको सुधार कार्यक्रमहरूलाई समर्थन गर्नेछ,” सेकले भने ।

“बङ्गलादेश विश्वको उत्कृष्ट विकास वृद्धिको कथामध्ये एक हो । थप विविध र प्रतिस्पर्धी निजी क्षेत्रको विकासलाई गति दिन थप सुधारले निर्यात बढाउनेछ र गुणस्तरीय रोजगारी सिर्जना गर्नेछ,” बङ्गलादेश, नेपाल र भुटानका लागि अन्तर्राष्ट्रिय वित्त निगमका कन्ट्री म्यानेजर मार्टिन होल्टम्यानले भने ।


प्रकाशित मिति: १६ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?