Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

विश्व बैंकद्वारा बङ्गलादेशका लागि १ अर्ब २५ करोड डलर सहयोग स्वीकृत


१६ वैशाख, एजेन्सी । विश्व बैंकले सन् २०२३ देखि २०२७ सम्मका लागि बङ्गलादेशका लागि तीन वटा नयाँ परियोजनामा १.२५ अर्ब अमेरिकी डलर बराबरको वित्तीय सहयोग स्वीकृत गरेको छ ।

बैंकले पोषण, उद्यमशीलता र उत्थानशीलताका लागि कृषि तथा ग्रामीण रूपान्तरण कार्यक्रम (पार्टनर) नामक परियोजनाका लागि ५० करोड रुपैयाँ उपलब्ध गराउने जनाएको हो ।

बैङ्कले अन्य ५० करोड हरित र जलवायु उत्थानशील विकास ऋणको रूपमा पठाउने जनाएको छ ।

सहयोगले लघु उद्यम क्षेत्रलाई अधिक गतिशील, कम–प्रदूषणकारी, संसाधन–कुशल र जलवायु प्रभावित क्षेत्रका लागि मद्दत गर्न लघु उद्यममा एक परियोजनाको लागि दुई बरोड ५० लाख स्वीकृत गरेको छ ।

“यो कन्ट्री पार्टनरशिप फ्रेमवर्क (सीपीएफ) विश्व बैंक समूह र बङ्गलादेशबीचको पाँच दशक लामो बलियो साझेदारीमा आधारित छ,” बङ्गलादेश र भुटानका लागि विश्व बैंकका क्षेत्रीय निर्देशक अब्दुलाय सेकले भने ।

“बङ्गलादेशले अझ बढी समृद्ध बन्ने लक्ष्य लिएकाले उच्च मध्यम आय भएको देशको आवश्यकता पूरा गर्नका लागि बलियो संस्था र नीतिको आवश्यकता पर्नेछ ।
सीपीएफले रोजगारी प्रदान गर्न र समावेशीकरण र लचिलोपनलाई समर्थन गर्न सरकारको सुधार कार्यक्रमहरूलाई समर्थन गर्नेछ,” सेकले भने ।

“बङ्गलादेश विश्वको उत्कृष्ट विकास वृद्धिको कथामध्ये एक हो । थप विविध र प्रतिस्पर्धी निजी क्षेत्रको विकासलाई गति दिन थप सुधारले निर्यात बढाउनेछ र गुणस्तरीय रोजगारी सिर्जना गर्नेछ,” बङ्गलादेश, नेपाल र भुटानका लागि अन्तर्राष्ट्रिय वित्त निगमका कन्ट्री म्यानेजर मार्टिन होल्टम्यानले भने ।


प्रकाशित मिति: १६ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?