Trending
>>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

२४ जना भारतीय इरानको नियन्त्रणमा


१६ वैशाख, एजेन्सी । ओमानको तटबाट इरानले नियन्त्रणमा लिएको अमेरिकातर्फ जाँदै गरेको तेल ट्याङ्करमा रहेका २४ जना भारतीय चालक दलका सदस्य रहेको जहाजका सञ्चालकले शुक्रबार बताएका छन् ।

जहाज नियन्त्रणमा लिँदा त्यसका चालक दलका सदस्य पनि नियन्त्रणमा लिएको पुष्टि गर्दै ट्याङ्करलाई बिहीबार नियन्त्रणमा लिएपछि एडभान्टेज ट्याङ्करका सञ्चालकले एएफपीसँग भने, “यसअघिका घटनाले यस्तै घटनामा फसेका चालक दलका सदस्यहरू ‘कुनै खतरामा नरहेको’ देखाएका छन् ।”

मार्सल आइल्यान्डको झण्डा भएको एडभान्टेज स्वीटलाई इरानको नौसेनाले ‘अन्तर्राष्ट्रिय विवाद’का कारण अज्ञात बन्दरगाहमा लगेको सञ्चालकले एक विज्ञप्तिमा उल्लेख गरेका छन् ।

’एडभान्टेज स्वीटलाई हाल इरानी नौसेनाले अन्तर्राष्ट्रिय विवादका आधारमा बन्दरगाहसम्म पुर्याइरहेको छ,” एडभान्टेज ट्याङ्करले एएफपीलाई पठाएको विज्ञप्तिमा भनिएको छ ।

“यस्तो परिस्थितिमा लगिएका जहाजका चालक दलका सदस्यहरू कुनै खतरामा नहुने गरेका विगतको अनुभव रहेको छ,” कम्पनीले भनेको छ । कम्पनी चालक दल र जहाजको रिहाई प्राप्त गर्न सबै उपयुक्त अधिकारीहरूसँग नजिकको सम्पर्कमा रहेको विज्ञप्तिमा उल्लेख छ ।

इरानले आफ्नो एउटा पानीजहाजमा ठोक्किएर दुर्घटना हुँदा चालक दलका दुई सदस्य बेपत्ता भएको र अन्य कैयौँ घाइते भएको जनाएको छ ।

इस्लामिक गणतन्त्रले यसमा संलग्न अन्य कुनै पनि चालक दलको स्थिति वा राष्ट्रियताको बारेमा कुनै विवरण जारी गरेको छैन ।

अमेरिकी नौसेनाले खाडीको जलक्षेत्रमा इरानको ‘निरन्तर उत्पीडन’को निन्दा गर्दै जहाजलाई तत्काल रिहा गर्न माग गरेको छ ।

एडभान्टेज ट्याङ्करका प्रवक्ताका अनुसार जहाजले कुवेतबाट तेल उठाएको थियो र शेभरन कर्पोरेसनले चार्टर्ड गरेको थियो । मरिनट्राफिक ट्रयाकिङ वेबसाइटका अनुसार यो जहाज टेक्सासको ह्युस्टनका लागि छुटेको थियो ।

विश्वको समुद्री तेलको करिब एक तिहाइ हिस्सा ओगट्ने खाडीको संवेदनशील पानीमा बिहीबार पनि इरानले अनावश्यक विवाद र झमेला गरेको एक अमेरिकी अधिकारीले नाम नबताउने शर्तमा बताए ।

सन् २०१८ मा इरानको आणविक कार्यक्रमलाई बन्द गर्ने बहुराष्ट्रिय सम्झौताबाट अमेरिका पछि हटेपछि यस्ता घटनाहरु बढेका हुन् । सम्झौता पुनः सुरु गर्ने पहल पनि हाल रोकिएको छ ।

तेहरानका पश्चिमी प्रतिद्वन्द्वीहरूले इरानको इस्लामिक रिभोल्युसनरी गार्डमाथिको प्रतिबन्धलाई कडा बनाएको केही दिनपछि मात्र जहाज नियन्त्रणको यो पछिल्लो घटना भएको हो ।


प्रकाशित मिति: १६ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?