Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

ईश्वरपुरका सय परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण


१६ वैशाख, सर्लाही । ईश्वरपुर नगरपालिका–३ र ११ का एक सय परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको छ ।

ईश्वरपुर–३ र ११ का एक सय परिवारले वर्षौंदेखि भोगचलन गर्दै आइरहेको सो गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको नगर प्रमुख मनोजकुमार आचार्यले जानकारी दिए ।

उनका अनुसार करिब एक सय ५० जनाको लालपुर्जा बनेकामा पहिलो चरणमा करिब एक सयलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको हो । नगर प्रमुख आचार्यले वडा नं १० का गाउँब्लकवासीलाई पनि छिट्टै लालपुर्जा वितरण गरिने र भूमिहीनको लगत सङ्कलनका क्रममा विवरण लिइएका नगरभित्रका सात हजार दुई सय घरधुरीलाई समेत लालपुर्जा उपलब्ध गराउन पहल भइरहेको जानकारी दिए ।

नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धर, नगर प्रमुख आचार्य, प्रमुख प्रशासकीय अधिकृत हीराकाजी श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्ष लगायतको उपस्थितिमा गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको हो ।


प्रकाशित मिति: १६ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?