Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

ईश्वरपुरका सय परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण


१६ वैशाख, सर्लाही । ईश्वरपुर नगरपालिका–३ र ११ का एक सय परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको छ ।

ईश्वरपुर–३ र ११ का एक सय परिवारले वर्षौंदेखि भोगचलन गर्दै आइरहेको सो गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको नगर प्रमुख मनोजकुमार आचार्यले जानकारी दिए ।

उनका अनुसार करिब एक सय ५० जनाको लालपुर्जा बनेकामा पहिलो चरणमा करिब एक सयलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको हो । नगर प्रमुख आचार्यले वडा नं १० का गाउँब्लकवासीलाई पनि छिट्टै लालपुर्जा वितरण गरिने र भूमिहीनको लगत सङ्कलनका क्रममा विवरण लिइएका नगरभित्रका सात हजार दुई सय घरधुरीलाई समेत लालपुर्जा उपलब्ध गराउन पहल भइरहेको जानकारी दिए ।

नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धर, नगर प्रमुख आचार्य, प्रमुख प्रशासकीय अधिकृत हीराकाजी श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्ष लगायतको उपस्थितिमा गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको हो ।


प्रकाशित मिति: १६ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?