Trending
>>   मधेसका मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट >>   बढ्यो सुनको मूल्य,आज कतिमा भईरहेकोछ कारोबार ? >>   पाकिस्तान र अमेरिकाद्वारा आतंकवाद विरोधी संयुक्त प्रतिवद्धता >>   चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण >>   दक्षिण कोरियाको अदालतद्वारा पूर्वराष्ट्रपति युनकी श्रीमतीलाई पक्राउ गर्न वारेन्ट जारी >>   बागमती प्रदेशका पाँच सचिवको एकैपटक सरुवा, चार नयाँ आए >>   प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची >>   देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >>   आज मिति २०८२ साल साउन २९ गते बिहिबार,हेर्नूहोस् आजको राशिफल >>   एन्फा महिला लिग क्वालिफायर साउन २९ देखि
Logo
२९ श्रावण २०८२, बिहीबार
२९ श्रावण २०८२, बिहीबार

समाचार


वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट नदेखिने

४ वैशाख, काठमाडाैँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ । वैशाख कृष्ण औँसीका दिन वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए

राष्ट्रपति पाैडेल अस्वस्थ, शिक्षण अस्पताल लगियो

४ वैशाख, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पाैडेल अस्वस्थ भएका छन् ।  स्वास्थ्यमा समस्या देखिएपछि पाैडेललाई त्रिवि शिक्षण अस्पताल लगिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका पौडेलको छातीको तल्लो भागमा संक्रमण देखिएको जानकारी दिइएको छ । चिकित्सकहरूले संक्रमणको कारण पत्ता लगाइरहेका छन् । यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा

वर्ष २०७९ मा अपेक्षा गरेका यी चलचित्र, कति सफल ?

४ वैशाख, काठमाडौं । लामो समयसम्म कोरोना महामारीको असर र ‘ओटीटी’मा बढ्दो प्रयोगकर्ताको सङ्ख्याले दर्शक सिनेमा घरसम्म आउँदैनन कि भन्ने शङ्कालाई तोड्दै वर्ष २०७९ मा केही चलचित्रका लागि दर्शक उम्लिएर सिनेमा घरसम्म पुगे । यद्यपि केही चलचित्रको हकमा भने टिकट बिक्री शून्य जस्तै भयो । गत वर्ष कुनै सिनेमाका लागि पाँच

तिला गाउँपालिकाका तीन वडा पूर्णखोप सुनिश्चित

४ वैशाख, जुम्ला । जुम्लाको तिला गाउँपालिकाभित्रका नौ वडामध्ये तीन वडालाई पूर्ण खोप सुनिश्चिता गरिएको छ । पालिकाभित्रका १, २ र ९ नं वडालाई पूर्ण खोप सुनिश्चिता गरिएको हो । ‘पूर्ण खोप’ जिल्ला घोषणा भए पनि शून्यदेखि २३ महिनाभित्रका बालबालिका पूर्ण खोप पाए/नपाएको सुनिश्चित गर्न हरेक वर्ष खोप सुनिश्चिता गर्नुपर्ने

छिट्टै बन्छ रङ्गशाला: मेयर रेनु दाहाल

४ वैशाख, चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला छिट्टै बन्ने बताएकी छन् । बागमती प्रादेशिक क्रिकेट सङ्घ र भरतपुर महानगरपालिको संयुक्त आयोजना भएको १६ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिता शुभारम्भ गर्दै उनले रङ्गाला बन्ने निश्चित भएको बताएकी हुन् । प्रमुख दाहालले भनिन्,“अब केही प्रक्रिया मिलाएर राष्ट्रिय

चालक खसेको घटना राजनीतिकरण नगरिदिनु होला : रवि लामिछाने

४ वैशाख, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चालक शम्भु भनिने दिलबहादुर थापाको विषयलाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । लामिछानेका चालक थापा तीन तलाको घरको छतबाट खसेर अहिले उपचाररत अवस्थामा छन् । भरतपुर महानगरपालिका–११ मा रहेको लामिछानेको भाडाको घरको तेस्रो तलाबाट थापा खसेको अवस्थामा भेटिएका थिए ।

जुम्लामा मार्सीधानको खेती घट्दै

४ वैशाख, जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलोमा कालीमार्सीधानको खेती घट्दै गएको छ । कालीमार्सी धान रोप्दा रोग, किरा लाग्नुका साथै उत्पादन पनि कम हुने भएकाले यहाँका किसानले जौ, गहुँ, मकै, आलु रोप्न थालेपछि मार्सीधानको खेती घट्दै गएको हो । कालीमार्सी धान फल्ने विश्वको उच्च स्थान मानिएको छुमचौर जिउलोमा

प्रहरीको बदनाम गराएको अभियोगमा एक पक्राउ

४ वैशाख, रूपन्देही । रुपन्देही प्रहरीले समाचारका झुटो विवरण दिई विभिन्न सञ्चारमाध्यममार्फत नेपाल प्रहरीको बदनाम गराउन खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्पिअनुसार सिद्धार्थनगर नगरपालिका–१२ स्थित जिल्ला प्रहरी कार्यालयको गेटअगाडि स्टेसनरी व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी भानबहादुर अधिकारीलाई सरकारी छाप कीर्ते अभियोगमा नियन्त्रणमा लिई

राजश्वसम्बन्धी सर्भर डाउन, चेक समेत साटिएन

४ वैशाख, काठमाडाैँ । सरकारी राजश्वसम्बन्धी सर्भर डाउन हुँदा राजस्व सङ्कलन प्रभावित बनेको छ । आज बिहान ११ बजेदेखि १ बजेसम्म सरकारी राजश्वसम्बन्धी सर्भर डाउन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । “यस कार्यालयबाट सञ्चालित प्रणाली आरएम आइए, टिएसए, सिजीएएस, सुत्र, पिएएमएसलगायत प्रणालीमा प्राविधिक समस्या देखिएकाले आज बिहान ११ बजेदेखि

९ महिनामा १४ अर्ब नाफा विदेशियो

४ वैशाख, काठमाडाैँ । चालु आर्थिक वर्षको नौ महिनामा करिब रु साढे १४ अर्ब विदेशिएको छ । उद्योग विभागले सार्वजनिक गरेको चालु आवको नौ महिनाको तथ्याङ्क अनुसार रु १३ अर्ब ७७ करोड ४४ लाख १० हजार ५५९ लाभाशंवापत बाहिरिएको हो । विभागले यस अवधिमा रोयल्टीबापत रु दुई अर्ब ११ करोड छ

सम्वन्धित समाचारहरु