Trending
>>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

पाल्पा जीप दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो


२२ जेठ, पाल्पा । जिल्लाको रैनदेवी छहरा–८, सत्यवतीस्थित केवरेडाँडामा बलेरो जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । तीन जनाको घटनास्थलमा र दुई जनाको उपचारको क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा अर्घाखाँची जिल्ला पाणिनी–१, की ५५ वर्षीया श्यामकला परियार, सोही स्थानका २६ वर्षीय चालक रमेश विक, पाणिनी–२ पोखराथोककी २५ वर्षीया सिता गौतम रहनुभएको छ । यस्तै अर्घाखाँची पाणिनी गाउँपालिका–२, का २ वर्षीय बालक संयोग गौतम र पणेनाका ४४ वर्षका विजय पोखरेलको उपचारको क्रममा मृत्यु भएको छ । गौतमको लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा र पोखरेलको चौराहा अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

दुर्घटनामा परी चार जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेहरूमा अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका–४, धरमपानी बस्ने ७ वर्षका समीर पाण्डेय, सोही स्थानका १० वर्षका अनुप सोमरे, पाल्पा जिल्ला तिनाउ गाउँपालिका–३, दोभान बस्ने ५ वर्षकी आर्या भण्डारी र सोही स्थानकी ३४ वर्षकी लक्ष्मी पोखरेल गम्भीर घाइते भएकी छन् । गम्भीर घाइते चार जनाको उपचार भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यस्तै अर्घाखाँची जिल्ला पाणिनी–१, का ६६ वर्षका रामबहादुर विक, सोही स्थानका ६ वर्षका संयोग गौतम, सोही स्थानकी ५ वर्षकी पर्विष्टी पोखरेल, सोही स्थानका १० वर्षका सोलिन परियार घाइते हुनुभएको छ । यस्तै गुल्मी जिल्ला रुरु गाउँपालिका बलेटक्सारका ९ वर्षका सार्थक ज्ञवाली पनि घाइते भएका छन् । उनीहरूको लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

पाणिनी–१, अर्घाखाँचीका ४० वर्षका हरि गौतम समेत गम्भीर घाइते हुनुभएको छ । गौतमको बुटवलस्थित चौराहा अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

आइतबार बेलुकी रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँचीतर्फ गइरहेको लु १ च ९०२४ नम्बरको जिप साढे ५ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए । जिप माथिल्लो सडकदेखि ८० मीटर तल सडकमा खसेको थियो ।


प्रकाशित मिति: २२ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?