Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

कांग्रेस बैतडीको पालिका सम्मेलन जेठ ३० मा


२२ जेष्ठ ,बैतडी । नेपाली कांग्रेस बैतडीले जिल्लाका सबै पालिकाको सम्मेलन यही जेठ ३० गते तोकेको छ । यसका लागि सबै पालिकामा प्रतिनिधि खटाइएको कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले जानकारी दिए ।

सम्मेलनका पुर्चाैडी नगरपालिकामा कांग्रेस जिल्ला सचिव देवराज जोशी, सिगास गाउँपालिकामा जिल्ला सचिव प्रेमबहादुर चन्द, पाटन नगरपालिकामा जिल्ला उपसभापति वीरबहादुर विष्ट, सुर्नया गाउँपालिकामा प्रदेशसभा ख का क्षेत्रीय सभापति शिवराज भट्ट, डिलाशैनी गाउँपालिकामा जिल्ला सहसचिव दशरथ चाडलाई प्रतिनिधिका रूपमा खटाईएको छ ।

यस्तै दोगडाकेदार गाउँपालिकामा जिल्ला कोषाध्यक्ष चक्रबहादुर चन्द, दशरथचन्द नगरपालिकामा जिल्ला उपसभापति खगेन्द्रसिंह धामी, पञ्चेश्वर गाउँपालिकामा प्रदेशसभा क का क्षेत्रीय सभापति विष्णुदत्त भट्ट, शिवनाथ गाउँपालिकामा जिल्ला सहसचिव दीपेन्द्रबहादुर चन्द र मेलौली नगरपालिकामा पूर्वपार्टी सभापति नरेन्द्रसिंह थापालाई प्रतिनिधिका रूपमा खटाइएको सो पार्टीले जनाएको छ ।

पालिका सम्मेलनपूर्व हाल जिल्लामा सबै वडामा वडा सम्मेलन जारी रहेको छ । दोगडाकेदारका सबै वडामा हाल वडा सम्मेलन जारी रहेको पालिका सभापति नन्दराज भट्टले जानकारी दिए । सम्मेलनमा कांग्रेसको सङ्गठनको अवस्था, पार्टीको संरचना, पार्टी सुदृढीकरणका लागि खेल्नुपर्ने भूमिका, सङ्गठन विस्तारका लागि अपनाउनुपर्ने रणनीतिका विषयमा सम्मेलनमा छलफल हुने गरेको जनाइएको छ ।

यस्तै पार्टीभित्र देखिएका समस्या समाधानका बिषयमा पनि सम्मेलनमा छलफल भइरहेको छ । सभापति चन्दले भने, “वडातहमा पार्टीको संरचना र पार्टी सुदृढीकरण, सङ्गठन विस्तारका लागि सम्मेलन थालिएको हो । यसले कांग्रेसलाई गतिशील बनाउनका लागि पनि महत्वपूर्ण भूमिका रहनेछ ।” पालिका सम्मेलन सम्पन्न भएपछि आगामी असार २ गते जिल्ला सम्मेलनको आयोजना गरिने सो पार्टीले जनाएको छ ।


प्रकाशित मिति: २२ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?