६ जेठ, राैतहट । रौतहटमा छुरा प्रहार गरी एकजनाको हत्या गरिएको छ । गौर नगरपालिका–७ सिसवा गाउँमा गए राति छुरा प्रहार गरी ५० वर्षीय यार महमद खानको हत्या गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार छिमेकी शेख साविरसित खानको झगडा भएको थियो । सो क्रममा साविरले खानको
६ जेठ, जनकपुर । जनकपुरबाट काठमाडौँ उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा मुसा देखिएपछि उडान स्थगित गरिएको छ । उक्त जहाज काठमाडौँ उड्नै लाग्दा यात्रुले मुसा देखेपछि उडान रोकेर अहिले इन्जिनियरहरुले प्राविधिक मर्मत गरिरहेका छन् । बिहान ९ः१५ बजे जनकपुरबाट काठमाडौँ उडान तालिका रहेको जहाजमा यात्रुले मुसा देखिपछि उडान रोकेर
६ जेठ, सिन्धुपाल्चोक । उत्तरी सीमा तातोपानी नाकाबाट धमाधम युरिया मल नेपाल भित्रन थालेको छ । सिल्क मार्केटले २५ हजार र १० हजार परिणामको दुई चरणमा ३५ हजार टन युरिया मल तातोपानी भन्सार कार्यालयमा भित्राउन थालेको छ । जसमा तीन हजार पाँच सय टन मल कृषि सामग्री कम्पनी लिमिटेडले बुझिसकेको छ
६ जेठ, चितवन । बर्सेनि करोडौँ रुपैयाँ खर्चेर सामुद्रिक किनारमा रमाउन नेपाली विदेश जाने गर्दछन् । थाइल्याण्ड, दुबई, भारतको गोवा, इण्डोनेसियाको बालीलगायतका देश र सहरमा बर्सेनि ठूलो सङ्ख्यामा नेपाली पुगेको देखेका महेन्द्रसिंह थापालाई नेपाली पर्यटक रोक्ने योजना बन्यो । उनले यही ‘सि बीच’ मोडल दिने गरी नदी किनारमा पर्यटकीय पूर्वाधार निर्माण
६ जेठ, मोरङ । उत्तरी मोरङको लेटाङ नगरपालिकाले नगर क्षेत्रमा गाईवस्तु ओसारपसारमा रोक लगाएको छ । नगर क्षेत्रमा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोग फैलिन नदिन नगरले यस्तो निर्णय गरेको हो । नगरका प्रवक्ता भुम सूर्यमगरले नगर कार्य पालिकाको जेठ ४ गते बसेको बैठकले गाईवस्तु ओसारपसारमा रोक लगाएको बताए । नगरपालिकाका
६ जेठ, बागलुङ । पश्चिम बागलुङका ट्याक्सी चालक विष्णु काउचा मगर दुई सातापहिले बडिगाड गाउँपालिकाबाट बिरामी बोकेर गलकोट नगर अस्पताल पुगे । सधैँजसो बिरामी बोकेर धौलागिरि अस्पताल बागलुङ र पोखराका विभिन्न अस्पताल पुगेका काउचाले सोचेकै थिएन, गलकोटमै ती बिरामीको उपचार होला भनेर । अस्पताल पुगेपछि बिरामी उपचारतर्फ लागे, काउचा भने नगर
६ जेठ, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान मस्यौदा समितिको बैठक जारी छ । जसपा केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले शनिबार बिहानदेखि समितिको बैठक जारी रहेको जानकारी दिए । उनका अनुसार बैठकमा विधानको प्रारम्भिक मस्यौदा उपर विभिन्न पार्टी समिति र सङ्गठनहरुबाट प्राप्त सुझावमाथि केन्द्रित छ । जसपाको
६ जेठ, एजेन्सी । म्यान्मारमा चक्रवात मोचाबाट मृत्यु हुनेको सङुख्या १४५ पुगेको छ । सत्तारूढ सैनिक अधिकारीहरूले जारी गरेको विज्ञप्तिमा सो बारे जानकारी दिइएको छ । विज्ञप्तिमा भनिएको छ– “एक दशकभन्दा बढी समय म्यान्मार र बङ्गलादेशमा आएको सबैभन्दा शक्तिशाली आँधी चक्रवातमा १४५ जनाको मृत्यु भएको हो ।“
६ जेठ, जेनेभा । विश्वका ४३ देशका एक अर्ब मानिस हैजाको जोखिममा रहेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सीले सङ्क्रामक रोगसँग जुध्नका लागि ६४ करोड अमेरिकी डलर माग गरेको तर युद्धलाई तीव्रता दिन जति लामो समय लाग्छ, स्थिति त्यति नै खराब हुँदै जाने बताएको छ । विश्व
६ जेठ, काठमाडाैँ । स्वदेशका विश्वविद्यालयलाई गुणस्तरीय बनाई उच्च शिक्षाका नाममा विद्यार्थी विदेशिने क्रम रोक्न शिक्षाकर्मीले आग्रह गरेका छन् । ‘उच्चशिक्षाको वर्तमान अवस्था’बारे उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान), काठमाडौँ र खबर एजुकेशन डटकमद्वारा आयोजित नीतिगत संवादमा वक्ताले त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयमा वार्षिक क्यालेण्डर कार्यान्वयन नहुनु, नवप्रवर्तन, अध्ययन अनुसन्धानमुखी