Trending
>>   फागुन २१ मा जसरी पनि निर्वाचन हुनुपर्छः पुष्पकमल दाहाल >>   तीन सय बढी जेन–जी युवा रास्वपामा प्रवेश >>   सरकारले अझै निर्वाचनको वातावरण बनाउन सकेको छैनः ओली >>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराईबीच भेटवार्ता, के भयो कुराकानी ?


१ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायत समसामयिक विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री प्रचण्डको हालै सम्पन्न भारत भ्रमण, सङ्घीय बजेट, सत्यनिरुपण तथा मेलमिलाप आयोगलगायतका शान्ति प्रक्रियाका बाँकी कार्यलगायतका विषयमा महत्वपूर्ण विचारविमर्श भएको अध्यक्ष भट्टराईले जानकारी दिए ।

सो अवसरमा प्रस्तावित समाजवादी मोर्चालगायतका विविध विषयमा कुराकानी भएको पूर्वप्रधानमन्त्री डा भट्टराईले जानकारी दिए । उनका अनुसार हालसम्म प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि बृहत् समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, सङ्गठनात्मक विधि टुङ्गो लगाउने विषयमा सहमति भएको छ ।

सो विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारीसमेत भएको जानकारी दिँदै उनले भने, “हामीबीच समझदारी भएको छ, बाहिर चलेका हल्लामा नबग्न सबैसँग आग्रह गर्दछु ।”


प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?