Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

लोकसेवाको कार्यलाई थप प्रभावकारी बनाउन उपराष्ट्रपति यादवको आग्रह


१ असार, काठमाडाैँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकसेवा आयोगका सेवा र कार्यलाई थप प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन् ।

लोकसेवा आयोगको ७३औँ वार्षिक समारोहलाई सम्बोधन गर्दै उहाँले निजामती सेवाका पदको नियुक्तिका लागि उपयुक्त उम्मेदवार छनोट गर्ने र सो पदबाहेक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सङ्घीय सरकारी सेवा र सङ्गठित संस्थाको पदपूर्तिका लागि लिखित परीक्षा सञ्चालन गर्ने आयोगको जिम्मेवारी सन्तोजनक रहेकाले सेवालाई थप प्रभावकारी बनाउन आग्रह गरेका हुन् । उनले जनतालाई सहज र सुलभरुपमा सेवा दिने निजामतीलगायत क्षेत्रका कर्मचारीको भर्ना र छनोट कार्य निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रहेको र यसलाई निरन्तरता दिन पनि आग्रह गरेका छन् ।

आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले कर्मचारी भर्ना र छनोटको कार्यलाई थप वस्तुनिष्ट, समसामयिक र विश्वसनीय बनाउन तथा आयोगको संस्थागत क्षमता सुदृढीकरण गर्न आयोगले दोस्रो रणनीति योजना (२०७९÷८०– २०८३÷८४) तर्जुमा गरी कार्यान्वयननमाा ल्याइएको जानारी दिए । उनले पाठ्यक्रम, परीक्षा पद्धतिमा सुधारका साथै उत्तरपुस्तिका प्रणालीलाई थप विश्वसनीय बनाउन कार्यदलको सुझावका आधारमा प्रणालीगत विकास गरिएको बताए । आयोगले अनलाइन प्रणालीको टेक्नोलोजी तथा आर्किटेक्चर अपग्रेड गरी विकास गरिएको नयाँ अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएकाले तथ्याङ्क व्यवस्थापन कार्य आगामी दिन थप व्यवस्थित हुने पनि उनले स्पष्ट गरे ।

नेपालमा विसं २००८ भदौ १८ मा पहिलो पटक छ पदका लागि विज्ञापन गरेर आयोगले कार्यारम्भ गरेको थियो । कार्यक्रममा संवैधानिक निकायका प्रमुखहरु, आयोगका पूर्वअध्यक्षहरु, महान्यायाधिवक्ता, सरकारका मुख्यसचिवलगायत उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।


प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?