Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

ल्हासाबाट नेपालका विमानस्थलमा सिधा उडान गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह


१ असार, बेइजिङ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग तिब्बतस्थित चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव वाङ चेङजुङले शिष्टाचार भेट गरेका छन् । चीनको औपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिनासँग चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा आज उनले शिष्टाचार भेट गरेका हुन् ।

भेटमा अध्यक्ष तिमिल्सिनाले सातौँ शताब्दीमा नेपाली राजकुमारी भृकुटीको तिब्बती राजा स्रोङचोन ग्याम्पोसँग भएको विवाहदेखि नै नेपाल र तिब्बतबीच नाता जोडिएको चर्चा गर्दै भूगोल, संस्कृति र परम्पराले पनि तिब्बत र नेपाल बलियो रुपमा जाडिएको बताए । उनले नेपाल र तिब्बतबीच ऐतिहासिक समयदेखि चलिआएका व्यापार र लगानी नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धका आधारभूत खम्बा भएको जानकारी गराए  ।

कोभिड महामारीका समयमा नेपाल र चीनबीचको व्यापार र लगानीका गतिविधिमा असर परेकामा अहिले तीनवटा नाका खुला भएकाले यसले व्यापार र लगानीमा प्रर्वद्धन हुने विश्वास अध्यक्ष तिमिल्सििनाले  व्यक्त गर्नुभएको राष्ट्रियसभासचिवालयले जनाएको छ ।

उनले मुस्ताङ र तिब्बतको ढोङवासेन जिल्लाको सिमानामा पर्ने कोरला नाकालाई छिटो सञ्चलान गर्न गर्नुपर्नेमा जोड दिए । यसैगरी अध्यक्ष तिमिल्सिनाले  नेपालको उत्तरमा तिब्बत र दक्षिणमा भारत जोड्ने कालीगण्डकी करिडोर निर्माण अन्तिम चरणमा पुगेकाले नाका सञ्चालन गर्दा कालीगण्डकी करिडोर हुँदै मानसरोवर यात्रासमेत छोटो र सहज हुने भएकाले भन्सार नाका जति सक्दो छिटो सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता औँल्याएको जनाइएको छ  ।

कोराला नाकामा तिब्बततर्फ भन्सार पूर्वाधारको निर्माण कार्य तीव्र रुपमा अगाडि बढिरहेको तर नेपालतर्फ भन्सार पूर्वाधारको निर्माण कार्य सुरु गर्न नसकिएकाले नेपालतर्फ पनि पूर्वाधार बनाउन तिब्बत सरकारको सहयोगको अपेक्षा गरिएको पनि बताइएको छ ।

उनले ल्हासाबाट नेपालका विमानस्थलमा सिधा उडान तथा काठमाडौँ, पोखरा र भैरहवादेखि ल्हासा सिधा उडान गर्दै कैलाश मानसरोवर यात्रा अनुमतिका लागि  प्रक्रियामा सहजीकरण भएमा दुवै देशमा पर्यटकीय गतिविधि बढ्नेमा तिब्बत सरकारको ध्यानाकर्षण गराएको पनि उल्लेख गरिएको छ  ।

भेटमा महासचिव चेङजुङले कोरला नाकामा भन्सार पूर्वाधार निर्माण गर्न, नेपाली कृषिजन्य उत्पादनलाई भन्सार प्रक्रियामा सरलीकरण गर्न तथा तिब्बतको ल्हासाबाट काठमाडौँ, पोखरा तथा भैरहवा सिधा उडानका लागि आफूहरू सकारात्मक रहेको जानकारी दिनाका साथै  तिब्बतले यी सबै विषयलाई कार्यान्वन गर्दै लैजाने आश्वासन पनि दिएको  जनाइएको छ  ।


प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?