Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

पुलिस क्लबले जित्यो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि


१ असार, काठमाडाैँ । मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ ।

इटहरी रङ्गशालामा बिहीबार साँझ सम्पन्न फाइनल खेलमा अर्को विभागीय टिम सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–० को सोझो सेटले पराजित गर्दै पुलिसले उपाधि उचालेको हो । उपाधिसँगै पुलिसले नगद रु तीन लाख हात पार्न सफल भएको छ । उपविजेतामा सीमित बनेको एपिएफले रु एक लाख ५० हजार पाएर चित्त बुझाएको छ । खेलको पहिलो सेट २५–१९ ले जितेको पुलिसले दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबकी पुनम चन्द घोषित हुँदै रु ५५ हजार पुरस्कार पाइन् । बेस्ट स्पाइकर एपिएफकी सरस्वती चौधरी, बेस्ट ब्लकर बागमती प्रदेशकी सुमित्रा रेग्मी, बेस्ट सर्भर पुलिसकी उषा भण्डारी, बेस्ट सेटर पुलिसकी कामना पुन र बेस्ट लिबेरो पुलिसकी शान्ति तामाङ घोषित हुन सफल भए । प्रतियोगिताका उत्कृष्ट प्रशिक्षक पुलिस क्लबका रूपेश विष्ट भए । उनीहरूले जनही रू १५ हजार प्राप्त गरे ।

प्रतियोगिताका विजेता तथा उपविजेतालाई कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई, कार्यक्रमकी अध्यक्ष तथा बोर्डकी उपाध्यक्ष जिना कार्की, बोर्डका सदस्यसचिव हंशराज वाग्ले, नेपाल भलिबल सङ्घका उपाध्यक्ष मदन खड्कालगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको आयोजना तथा जिल्ला भलिबल सङ्घ सुनसरीको संयोजनमा भएको प्रतियोगितामा तीन विभागीयसहित छ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताका लागि खेलकुद विकास बोर्डले रु २५ लाख छुट्याएको थियो ।


प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?