Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

पुलिस क्लबले जित्यो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि


१ असार, काठमाडाैँ । मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ ।

इटहरी रङ्गशालामा बिहीबार साँझ सम्पन्न फाइनल खेलमा अर्को विभागीय टिम सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–० को सोझो सेटले पराजित गर्दै पुलिसले उपाधि उचालेको हो । उपाधिसँगै पुलिसले नगद रु तीन लाख हात पार्न सफल भएको छ । उपविजेतामा सीमित बनेको एपिएफले रु एक लाख ५० हजार पाएर चित्त बुझाएको छ । खेलको पहिलो सेट २५–१९ ले जितेको पुलिसले दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबकी पुनम चन्द घोषित हुँदै रु ५५ हजार पुरस्कार पाइन् । बेस्ट स्पाइकर एपिएफकी सरस्वती चौधरी, बेस्ट ब्लकर बागमती प्रदेशकी सुमित्रा रेग्मी, बेस्ट सर्भर पुलिसकी उषा भण्डारी, बेस्ट सेटर पुलिसकी कामना पुन र बेस्ट लिबेरो पुलिसकी शान्ति तामाङ घोषित हुन सफल भए । प्रतियोगिताका उत्कृष्ट प्रशिक्षक पुलिस क्लबका रूपेश विष्ट भए । उनीहरूले जनही रू १५ हजार प्राप्त गरे ।

प्रतियोगिताका विजेता तथा उपविजेतालाई कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई, कार्यक्रमकी अध्यक्ष तथा बोर्डकी उपाध्यक्ष जिना कार्की, बोर्डका सदस्यसचिव हंशराज वाग्ले, नेपाल भलिबल सङ्घका उपाध्यक्ष मदन खड्कालगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको आयोजना तथा जिल्ला भलिबल सङ्घ सुनसरीको संयोजनमा भएको प्रतियोगितामा तीन विभागीयसहित छ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताका लागि खेलकुद विकास बोर्डले रु २५ लाख छुट्याएको थियो ।


प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?