५ असार ,काठमाडौँ । नेपालको ललितकला क्षेत्रका अग्रज कलाकारहरूको कला प्रदर्शनी सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)को आयोजनामा अग्रज कलाकार शशि शाह, कृष्ण मानन्धर, स्व इन्द्र प्रधान र वत्सगोपाल वैद्य अर्थात् स्किव–७१ का चित्रकला प्रदर्शनी सुरु भएको छ । अन्तरसम्बन्ध–२०८० नाम दिइएको उक्त प्रदर्शनी यही असार १२ गतेसम्म
५ असार ,डोटी । डोटीलाई सुदूरपश्चिम प्रदेशको पहिलो पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूलमन्त्रका साथ चालु आर्थिक वर्षमा सुदूरश्चिम प्रदेशको पहिलो जिल्लाका रूपमा डोटीलाई घोषणा गरिएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । डोटीका सबै पालिका घोषणा गरेपश्चात सोमबार
५ असार ,गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको धर्मशाला भाडामा लगाउनका लागि गुठी संस्थानले बोलपत्र खुलाएपछि विवाद सुरु भएको छ । मन्दिर अगाडि रहेको धर्मशालामा गुठी संस्थानले व्यवसाय सञ्चालन गर्नका लागि बोलपत्र आह्वान गरेपछि स्थानीयवासीले विरोध गरेका छन् । धर्मशालामा व्यवसाय सञ्चालन गर्नुभन्दा सस्तो दररेटमा मन्दिरमा आउने भक्तजनलाई बास
५ असार ,काठमाडौँ । दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत जेठ २९ गते बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर
५ असार ,लेखनाथ । पोखरामा यही असार ६ गते विश्व सङ्गीत दिवस २०८० मनाइने भएको छ । सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठानको मुख्य आयोजनामा यहाँका १८संस्थाले विश्व सङ्गीत दिवस मनाउन लागेका हुन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा उक्त संस्थाका अध्यक्ष नवराज बरालले पाँच वर्षदेखि रोकिएको विश्व सङ्गीत दिवसलाई निरन्तरता दिन साङ्गीतिक कार्यक्रम
५ असार ,गण्डकी । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको ठूलो हिस्सा सडक र पुलमा केन्द्रित गरेको छ । रु ३३ अर्ब ४२ करोड ७२ लाखको कुल बजेटमध्ये रु ११ अर्ब १६ करोड पुल तथा सडक पूर्वाधारमा विनियोजन गरिएको हो । गत शुक्रबार सार्वजनिक बजेटमा प्रदेश गौरवका
५ असार ,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा रु आठ अर्ब राजस्व सङ्कलन गरेको छ । आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आव २०७९/८० को ११ महिनामा रु आठ अर्ब २९ करोड ९५ लाख ५९ हजार दुई सय ७८ राजस्व सङ्कलन गरिएको राजस्व विभागका प्रमुख
५ असार ,म्याग्दी । म्याग्दीको मङ्गला र बागलुङको ताराखोला गाउँपालिका सडक सञ्जालबाट जोडिएका छन् । गण्डकी प्रदेश सरकार र मङ्गला गाउँपालिकाको सहयोगमा उपभोक्ता समितिमार्फत म्याग्दीको मङ्गला–३ बरङ्जा, वडा नं ४ को महेश, धापुङ हुँदै ताराखोला गाउँपालिकाको सिर्खु जोड्ने सडक निर्माण भएको हो । सडक निर्माण भएपछि म्याग्दीको सिङ्गा तातोपानीबाट ताराखोला
५ असार ,दमौली । तनहुँको सरकारी निकायले अनुदानको नीति अगाडि सारेका छन् । कृषकलाई कृषि पेसामै टिकाइराख्ने उद्देश्यसहित जिल्लाका सरकारी निकायले अनुदानको नीतिलाई प्राथमिकता दिएका हुन् । कृषि ज्ञान केन्द्र तनहुँ, आँबुखैरेनी, म्याग्दे र बन्दीपुर गाउँपालिकालगायतले कृषकलाई विभिन्न उपकरण अनुदानमा वितरण गर्दै आएका छन् । कृषि पेसामा लागेका कृषकलाई आयआर्जनमा
४ असार ,काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी र ट्रेड युनियन कांग्रेसबीच भएको सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उहाँले पार्टी र ट्रेड युनियनबीच विगतमा भएको सम्झौता कार्यान्वयन गर्न पार्टी नेतृत्व तयार रहेको बताए । “पार्टीको विधानमा