Trending
>>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा >>   माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस
Logo
२९ पुष २०८२, मंगलवार
२९ पुष २०८२, मंगलवार

विकास निर्माणमा दलहरूबीच सहकार्य आवश्यक छ : उपप्रधानमन्त्री खड्का


३१,असार ,काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले विकास–निर्माणका काममा राजनीतिक दलहरूबीच सहकार्यको आवश्यकता रहेको बताएका छन् ।

“चुनावका बेला हामीले मतदातासँग र आम जनतासँग विभिन्न प्रतिबद्धता जनाएका हुन्छौँ, ती प्रतिबद्धता पूरा गर्न राजनीति दलहरू जिम्मेवार हुनुपर्छ”, आइतबार सुर्खेतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले भने, “विकास–निर्माण जनताको नासो र सम्पत्ति हो, यी कामहरु गर्दा राजनीतिक दलहरु र राजनीतिकर्मीबीच सहकार्य र समन्वय हुनु आवश्यक छ ।”

आजै भेरीगङ्गा नगरपालिका–८ मा लालपूर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्काले भूमि आयोगमार्फत जग्गाधनी प्रमाणपूर्जा वितरणको काम भइरहेको बताए । “सरकारको लक्ष्य कोही पनि नागरिक भूमि विहीन भएर बस्नु नपरोस् भन्ने छ”, उनले भने, “आयोगमार्फत जतिसक्दो चाँडो लालपूर्जा वितरणको काम सम्पन्न गर्ने गरेर तीन तहकै सरकार लागिरहेका छौँ ।”

उनले विगतमा विभिन्न आयोगहरूले काम गरेर पनि जग्गाधनीले लालपूर्जा नपाएका, श्रेष्ता कायम हुन नपाएका, अधुरा कामहरू पूरा गरेर सुर्खेतमा पहिलो चरणमा लालपूर्जा वितरणको काम भइरहेको बताए । “एक–डेढ वर्षमा सबै काम सम्पन्न गरेर यस्ता पुर्जाहरू वितरण गरेपछि दोस्रो चरणमा नयाँ जग्गाको नापी र श्रेष्ता दिने काम सुरु हुन्छ”, उनले भने, “कोही पनि नेपाली नागरिक भूमिहिन भएर बस्नुपर्ने अवस्था हुँदैन ।”

उपप्रधानमन्त्री खड्काले भेरीगङ्गा नगरपालिका–१० को आँपधारा खानेपानी आयोजनाको उद्घाटन गर्दै घरमा स्वच्छ खानेपानी पुर्याउने सरकार लक्ष्य रहेको जानकारी दिए । “थुप्रै खानेपानी आयोजनाहरू सुरु भएका छन्, केही सम्पन्न हुँदैछन्”, उनले भने, “नागरिकलाई स्वच्छ खानेपानी घरघरमा पुर्याउने प्रतिबद्धतालाई क्रमैसँग पूरा गर्दै जानेछौँ ।”

उपप्रधानमन्त्री खड्काले युवा पुस्तालाई खेलकुदमा अग्रसर गराउने गरेर सरकारले कार्यक्रम ल्याएको बताए । “खेलाडी प्रोत्साहन, पूर्वाधार निर्माणलगायतका क्षेत्रमा नयाँ कार्यक्रम ल्याएका छौँ”, उनले भने, “खेल क्षेत्रप्रति युवा पुस्ताको आकर्षण बढाउनका लागि सरकार प्रतिबद्ध छ ।”

उनले कर्णालीमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागिरहेको बताउँदै कर्णालीलाई खेलमय बनाउने गरेर सङ्घ, प्रदेश र स्थानीय तह लाग्नुपर्ने बताए । राष्ट्रिय खेलकुद प्रतियोगीताले कर्णालीको खेलकुद विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।


प्रकाशित मिति: ३१ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?