१२ वैशाख ,चितवन । चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा ५६ हजार चार सय ९६ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले सात हजार चार सय ५७ र नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले सात हजार दुई सय ६८
१२ वैशाख, काठमाडाैँ । फ्लाई दुबईको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको उक्त जहाजको इञ्जिनमा खराबी आएको थियो । विमानस्थलबाट उडे लगत्तै ठूलो आवाजसहित जहाजमा आगोको झिल्को देखिएको थियो । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार उक्त जहाज अहिले गन्तव्यतर्फ उडिरहेको छ । काठमाडौँ विमानस्थलबाट
१२ वैशाख, काठमाडाैँ । तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनाअनुसार उनले ३४ हजार नौ सय ११ मत प्राप्त गरेका छन् । उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार एक सय २२ मत
११ वैशाख ,महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय १३औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि कैलाली र कञ्चनपुरले जितेका छन् । फाइनल खेलमा छात्रतर्फ बैतडीलाई पराजित गर्दै कैलाली र छात्रातर्फ कैलालीलाई हराउँदै कञ्चनपुरले उपाधि जितेको हो । प्रतियोगितामा उपाधि विजेता खेलाडीहरूलाई मेडल÷प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद
११ वैशाख ,काठमाडौँ । प्रधान सेनापति महारथी प्रभुराम शर्माले सेना प्रमुख सुबेदारमा पदोन्नति भएका रत्नबहादुर थापा मगरलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् । सेनामा एक मात्र रिक्त रहेको उक्त पदमा बढुवा हुनुभएका मगरलाई आज जङ्गी अड्डामा आयोजित कार्यक्रममा दज्र्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
११ वैशाख ,काठमाडौँ । निर्वाचन आयोगले गएको मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारहरुलाई निर्वाचन खर्चको विवरण पेस गर्ने निर्देशन दिएको छ । आयोगले आज विज्ञप्तिमा जारी गरी पाँच हजार पाँच सय ६१ जना उम्मेदवारहरुलाई निर्वाचन खर्चको विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो
११ वैशाख ,काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा गराएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बा गमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
११ वैशाख ,काठमाडौँ । डिजिटल वालेट ‘खल्ती’ का दुईजना कर्मचारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको छ । सेवाग्राहीको खाताबाट रकम चोरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले डिजिटल वालेट ‘खल्ती’ का कर्मचारीलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा रामेछाप घर भएका अनिल कार्की र कैलाली घर भएका सन्देश स्वाँर रहेका छन् । उनीहरु
११ वैशाख ,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १८ दिनपछि आज सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति निवासको फोहोर व्यवस्थापन सुरु गरेको छ । गत शुक्रबार सर्वोच्च अदालले तीन दिनभित्र सबै फोहोर व्यवस्थापन गर्न काठमाडौँ महानगरलाई आदेश जारी गरेको थियो । अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिटमाधि सुनुवाइ गर्दै सर्वोच्च अदालतले तीन
११ वैशाख ,काठमाडौँ । चलचित्र विकास बोर्डले २३औँ वार्षिकोत्सवका अवसरमा विभिन्न विधामा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्नका लागि पछिल्ला दुई वर्ष रिलिज भएका नेपाली चलचित्रहरुको आवेदन माग गरेको छ । साथै, विशेष चलचित्रको प्रतिस्पर्धाका लागि पनि पछिल्ला दुई वर्षभित्र जाँचपास भएका नेपाली चलचित्रहरुको आवेदन माग गरेको छ । राष्ट्रिय चलचित्र