Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

प्रदेशस्तरीय कबड्डीको उपाधि कैलाली र कञ्चनपुरलाई


११ वैशाख ,महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय १३औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि कैलाली र कञ्चनपुरले जितेका छन् ।

फाइनल खेलमा छात्रतर्फ बैतडीलाई पराजित गर्दै कैलाली र छात्रातर्फ कैलालीलाई हराउँदै कञ्चनपुरले उपाधि जितेको हो ।

प्रतियोगितामा उपाधि विजेता खेलाडीहरूलाई मेडल÷प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा सम्पन्न भएको प्रतियोगितामा सुदूरपश्चिमका नौवटै जिल्लाका छात्रा÷छात्र टोली सहभागी थिए ।

कञ्चनपुरका कबड्डी प्रशिक्षक विष्णुदत्त भट्टले प्रदेशबाट छनोटमा परेका छात्र/छात्राको टोली आगामी वैशाख १५ गतेदेखि काठमाडौँमा हुने राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने जानकारी दिए ।

“छात्र/छात्राको छनोटपछि केही दिन खेलाडीहरू महेन्द्रनगरमै बन्द प्रशिक्षणमा रहन्छन्”, प्रशिक्षक भट्टले भने, “राष्ट्रपति शिल्डमा पदकका लागि सुदूरपश्चिमको कबड्डी टिमको पनि सम्भावना धेरै छ ।”


प्रकाशित मिति: ११ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?