Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

प्रदेशस्तरीय कबड्डीको उपाधि कैलाली र कञ्चनपुरलाई


११ वैशाख ,महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय १३औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि कैलाली र कञ्चनपुरले जितेका छन् ।

फाइनल खेलमा छात्रतर्फ बैतडीलाई पराजित गर्दै कैलाली र छात्रातर्फ कैलालीलाई हराउँदै कञ्चनपुरले उपाधि जितेको हो ।

प्रतियोगितामा उपाधि विजेता खेलाडीहरूलाई मेडल÷प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा सम्पन्न भएको प्रतियोगितामा सुदूरपश्चिमका नौवटै जिल्लाका छात्रा÷छात्र टोली सहभागी थिए ।

कञ्चनपुरका कबड्डी प्रशिक्षक विष्णुदत्त भट्टले प्रदेशबाट छनोटमा परेका छात्र/छात्राको टोली आगामी वैशाख १५ गतेदेखि काठमाडौँमा हुने राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने जानकारी दिए ।

“छात्र/छात्राको छनोटपछि केही दिन खेलाडीहरू महेन्द्रनगरमै बन्द प्रशिक्षणमा रहन्छन्”, प्रशिक्षक भट्टले भने, “राष्ट्रपति शिल्डमा पदकका लागि सुदूरपश्चिमको कबड्डी टिमको पनि सम्भावना धेरै छ ।”


प्रकाशित मिति: ११ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?