Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

निर्वाचन खर्च सार्वजनिक गर्न आयोगको निर्देशन


११ वैशाख ,काठमाडौँ । निर्वाचन आयोगले गएको मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारहरुलाई निर्वाचन खर्चको विवरण पेस गर्ने निर्देशन दिएको छ ।

आयोगले आज विज्ञप्तिमा जारी गरी पाँच हजार पाँच सय ६१ जना उम्मेदवारहरुलाई निर्वाचन खर्चको विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो । आफूले गरेको निर्वाचन खर्च सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयको सूचना पाटी, सम्बन्धित गाउँपालिका वा नगरपालिका अथवा वडा कार्यालयको सूचना पाटीमा सार्वजनिक गर्न सकिनसमेत आयोगको उक्त विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी, राजनीतिक दलको जुनसुकै तहको कार्यालय वा वेबसाइट (राजनीतिक दलका तर्फबाट उम्मेदवार भएका उम्मेदवारको हकमा), आमसञ्चारमाध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि) र सामाजिक सञ्जाल (फेसबुक, टिवटर, इन्स्टाग्राम) बाट पनि सार्वजनिक गर्न सक्ने आयोगले निर्णय गरेको छ ।

यसरी सार्वजनिक गरेको प्रमाणसहितको जानकारी सम्बन्धित उम्मेदवारहरुले आ–आफ्नो प्रदेश/जिल्ला निर्वाचन कार्यालयलाई दिनुपर्ने निर्णय भएको आयोगद्वारा आज प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस सम्बन्धमा आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३५ (पैँतीस) दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्ने दुई हजार तीन सय ७३ जना उम्मेदवार र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ मा उम्मेदवारी दिई प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३५ (पैँतीस) दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्ने तीन हजार एक सय ८८ जना उम्मेदवारहरु सात दिनको म्याद दिई खर्च विवरण सार्वजनिक गर्न यही वैशाख ६ गते निर्देशन दिने निर्णय गरेको थियो ।


प्रकाशित मिति: ११ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?