Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

वालेट ‘खल्ती’ का दुईजना कर्मचारीविरुद्ध मुद्दा नचलाउने निर्णय


११ वैशाख ,काठमाडौँ । डिजिटल वालेट ‘खल्ती’ का दुईजना कर्मचारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको छ ।

सेवाग्राहीको खाताबाट रकम चोरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले डिजिटल वालेट ‘खल्ती’ का कर्मचारीलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा रामेछाप घर भएका अनिल कार्की र कैलाली घर भएका सन्देश स्वाँर रहेका छन् । उनीहरु विरुद्धको ठगी मुद्दामा सरकारी वकिल कार्यालय काठमाडौँले ‘मुद्दा नचल्ने’ निर्णय गरेको हो ।

पक्राउ परेकाहरुले सेवाग्राहीको खाताबाट रु ७० लाख रकम चोरी गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

उनीहरुले सेवाग्राहीको पैसा फिर्ता गरेपछि आरोपीहरुविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए ।

उनले भने, “मुलुकी फौजदारी कार्यविधिसंहिता–०७४ को दफा (१७) अनुसार मिलापत्र भएको छ ।” गएको चैत पहिलो साता ब्यूरोले कार्की र स्वाँरलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।


प्रकाशित मिति: ११ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?