Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

राष्ट्रिय चलचित्र पुरस्कार र विशेष चलचित्रका लागि बोर्डद्वारा आवेदन माग


११ वैशाख ,काठमाडौँ । चलचित्र विकास बोर्डले २३औँ वार्षिकोत्सवका अवसरमा विभिन्न विधामा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्नका लागि पछिल्ला दुई वर्ष रिलिज भएका नेपाली चलचित्रहरुको आवेदन माग गरेको छ ।

साथै, विशेष चलचित्रको प्रतिस्पर्धाका लागि पनि पछिल्ला दुई वर्षभित्र जाँचपास भएका नेपाली चलचित्रहरुको आवेदन माग गरेको छ । राष्ट्रिय चलचित्र पुरस्कारमा सहभागी हुन २०७८ साल वैशाख १ देखि २०७९ चैत मसान्तभित्र जाँचपास भई प्रदर्शनसमेत भएको हुनुपर्ने र विशेष चलचित्रको हकमा भने २०७८ वैशाख १ देखि २०७९ चैत मसान्तभित्र जाँचपास भएका चलचित्रहरुले सहभागिता जनाउन सक्ने बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताए ।

आदिवासी, जनजाति एवं विभिन्न मातृभाषाका चलचित्रको हकमा भने उक्त समयसीमाभित्र जाँचपास मात्र भएको भए पनि राष्ट्रिय पुरस्कारमा सहभागी हुन सक्नेछन् । राष्ट्रिय पुरस्कारमा सहभागी हुन २०८० वैशाख ३० गतेभित्र र विशेष चलचित्रको प्रतिस्पर्धामा सहभागी हुन २०८० साल वैशाख २४ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । विभिन्न कारणले गत वर्ष पुरस्कार प्रदान तथा विशेष चलचित्र घोषणा हुन सकेको थिएन ।

यसपटकको राष्ट्रिय चलचित्र पुरस्कारमा दुई वर्षका चलचित्रहरुले एकसाथ प्रतिस्पर्धा गर्नेछन् भने विशेष चलचित्र दुई फरक वर्षका तीन–तीनवटा चलचित्रहरु गरी छवटा घोषणा हुनेछन् । “कला, संस्कृति, परम्परा, मानवीय संवेदना, मनोविज्ञान, राष्ट्रिय स्वाभिमान एवं कला र प्रविधिमा रचनात्मक प्रयोगसहित राष्ट्रियरुपमा योगदान पु¥याउन सक्ने चलचित्रहरुलाई प्रोत्साहन दिन विशेष चलचित्रको प्रतिस्पर्धा गरिएको हो”, प्रवक्ता बुढाथोकीले भने ।

विशेष चलचित्र घोषणा हुने सबै चलचित्रहरुलाई अन्तर्राष्ट्रिय भाषामा सबटाइटलमा हुने खर्चस्वरुप प्रतिचलचित्र दुई लाख रुपैयाँ बोर्डले प्रदान गर्ने गर्दछ । साथै, विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा सहभागिताका लागि बोर्डले सहजीकरण गर्ने गर्दछ ।

उत्कृष्ट लेखन (कथा, पटकथा तथा संवाद), उत्कृष्ट छायाङ्कन, उत्कृष्ट सम्पादन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट अभिनेता, उत्कृष्ट निर्देशक र उत्कृष्ट चलचित्रलाई राष्ट्रिय चलचित्र पुरस्कार प्रदान हुने गर्दछ । ती विधाहरुबाहेक निर्णायक समितिलाई अभूतपूर्व लागेमा बढीमा दुई विधामा समेत पुरस्कारका लागि सिफारिस हुने गर्दछ ।


प्रकाशित मिति: ११ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?