Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

प्रधानसेनापतिद्वारा सेना प्रमुख सुबेदारलाई दज्र्यानी चिह्न प्रदान


११ वैशाख ,काठमाडौँ । प्रधान सेनापति महारथी प्रभुराम शर्माले सेना प्रमुख सुबेदारमा पदोन्नति भएका रत्नबहादुर थापा मगरलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

सेनामा एक मात्र रिक्त रहेको उक्त पदमा बढुवा हुनुभएका मगरलाई आज जङ्गी अड्डामा आयोजित कार्यक्रममा दज्र्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उनलाई प्रधान सेनापतिको कार्यालयमा पदस्थापन गरिएको छ । सेनाका विभिन्न युनिट तथा सब युनिटमध्येबाट योग्यताका आधारमा छनोट गर्ने प्रावधानअनुरुप दुर्गाभञ्जन गुल्मबाट उनको छनोट भएको हो ।

प्रमुख सुबेदार मगर विसं २०५७ भदौ १ गते सेनामा प्रवेश गरेका हुन् । उनको कार्यकाल तीन वर्षको हुनेछ ।

सैनिक सङ्गठनमा माथिल्ला तहका अधिकृतसँग समन्वय तथा पदिक वा सो मुनिको दर्जाको खटनपटन र परिचालनमा प्रमुख सुबेदार तथा सुबेदारको महत्वपूर्ण जिम्मेवरी हुन्छ ।


प्रकाशित मिति: ११ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?