Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

प्रधानसेनापतिद्वारा सेना प्रमुख सुबेदारलाई दज्र्यानी चिह्न प्रदान


११ वैशाख ,काठमाडौँ । प्रधान सेनापति महारथी प्रभुराम शर्माले सेना प्रमुख सुबेदारमा पदोन्नति भएका रत्नबहादुर थापा मगरलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

सेनामा एक मात्र रिक्त रहेको उक्त पदमा बढुवा हुनुभएका मगरलाई आज जङ्गी अड्डामा आयोजित कार्यक्रममा दज्र्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उनलाई प्रधान सेनापतिको कार्यालयमा पदस्थापन गरिएको छ । सेनाका विभिन्न युनिट तथा सब युनिटमध्येबाट योग्यताका आधारमा छनोट गर्ने प्रावधानअनुरुप दुर्गाभञ्जन गुल्मबाट उनको छनोट भएको हो ।

प्रमुख सुबेदार मगर विसं २०५७ भदौ १ गते सेनामा प्रवेश गरेका हुन् । उनको कार्यकाल तीन वर्षको हुनेछ ।

सैनिक सङ्गठनमा माथिल्ला तहका अधिकृतसँग समन्वय तथा पदिक वा सो मुनिको दर्जाको खटनपटन र परिचालनमा प्रमुख सुबेदार तथा सुबेदारको महत्वपूर्ण जिम्मेवरी हुन्छ ।


प्रकाशित मिति: ११ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?