३० असार, बिराटनगर । विमानस्थलमा आज पत्रकार संग कुरा गर्दै कांग्रेस महामन्त्री थापाले पार्टीमा साथीहरुको साथ र सङ्ख्या पुगेको अवस्थामा संसदीय दलको नेता परिवर्तनका लागि प्रयास हुने स्पष्ट पारे । उनले पार्टीको विधानले संसदीय दलको नेता परिवर्तन गर्न स्थान दिएको र पार्टीभित्र पटकपटक प्रयोग हुनाका साथै नेता परिवर्तन भएको उदाहरण
३० असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिवले पत्नी शोकमा रहेका प्रधानमन्त्री प्रचण्डलाई भेटेका छन् । बिहान बालुवाटार पुगेर नेकपाका महासचिव विप्लव , प्रकाण्डलगायत नेताहरूले प्रधानमन्त्री लगायत उनको परिवारलाई समवेदन प्रकट गरेका हुन् । भेटका क्रममा विप्लवसहितका नेताहरूले मृतक सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डसहित छोरी रेणु र गंगालाई
३०,असार ,पर्सा ।पर्सा जिल्लाको बिराटनगर महानगरपालिका १४ स्थित चण्डाल चोकबाट असार २९ गते सशस्त्र प्रहरीले करीव १ करोड ३६ लाख ९७ हजार रुपैयाँ बराबरको सामान सहित तीन वटा ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा खटिएको नम्बर १३ गण पर्साले बिरगंजबाट पथलैयातर्फ जाँदै गरेको बा.प्र ०३–१३–००१ ख १९९७, ना.
३०,असार ,सुर्खेत । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाँच वर्षभित्र जनतासँग गरेका बाचा पूरा गर्ने बताउनु भएको छ । उपप्रधानमन्त्री खड्काले देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको भएपनि निर्वाचनका बेला जनतासँग गरिएका बाचा पूरा गरेरै छोड्ने बताउनु भयो । गृह जिल्ला सुर्खेत पुग्नु भएका उपप्रधानमन्त्री खड्काले शनिबार सुर्खेतको पूर्वी क्षेत्र गुर्भाकोट–७
३०,असार ,भोजपुर, । भोजपुरको हतुवागढी गाउँपालिकाले अतिविपन्न एक सय छ परिवारलाई जस्ता पाताको छानो राख्न सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर रहेका विपन्न परिवारको पहिचान गरेर गाउँपालिकाले फुसको छानो हटाउन सहयोग गरेको हो । गाउँपालिकाले गत र यो आर्थिक वर्षमा रु ७० लाख बजेट विनियोजन गरेर जस्तापाताको छानो फेरिदिएको
३०,असार ,जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–२ स्थित दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरेका छन् । यही असार २८ गते दिउँसो २ बजेतिर परेको चट्याङले ती भेडाबाख्रा मरेका छन् भने ७० हराएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए । चट्याङले ४२ बाख्रा र आठ भेडा मरेको पातारासी गाउँपालिका भेटेरीनरी
३०,असार ,काठमाडौँ । ग्रीन भेन्चर्स लिमिडेटको साधारणसभामा हंगामा मच्चिएको छ । सभामा सेयरधनीले व्यवस्थापनको काम कारवाहीप्रति चर्को विरोध गरेपछि कम्पनीले पेश गरेका दुई वटा प्रस्ताव परित हुन नसकेका हुन् । सेयरधनीहरुले चर्को विरोध गरेपछि कम्पनीले प्रस्ताव गरेको संचालक नियुक्ती गर्ने बिशेष प्रस्ताव र बैठक भत्ता निर्धारण गर्ने प्रस्ताव पारित हुन
३०,असार ,गण्डकी । पोखरा महानगरअन्तर्गतका सामुदायिक विद्यालयमा प्राविधिक विषयको पढाइ सञ्चालन गरेसँगै विद्यार्थीको आकर्षण बढेको छ । शैक्षिक गुणस्तर कायम गर्दै विभिन्न विषयका प्राविधिक पढाइले उनीहरुको आकर्षण बढेको हो । पायक पर्ने स्थानमा रोजेको प्राविधिक विषयमा पठनपाठन हुन थालेपछि उनीहरु औधि खुशी भएका हुन् । साथै पछिल्लो समय सामुदायिक विद्यालयमा
३०,असार ,काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले शिष्टाचार भेट गरेका छन् । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा उहाँहरूबीच भएको भेटमा मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) परियोजनाका बारेमा छलफल भएको एमाले विदेश विभाग प्रमुख डा राजन भट्टराईले जानकारी दिए ।
३०,असार ,काठमाडौँ । त्रिभुवन शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत एक कर्मचारी मृत फेला परेका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको फार्मेसी प्रमुख अमृत पोखरेल झुण्डिएको अवस्थामा आज बिहान फेला परेका हुन् । पोखरेल फेला परेसँगै प्रहरीले अस्पतालका प्रशासन प्रमुखसहित चार जनालाई पक्राउ गरेको छ