Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

जनतासँग गरेका बाचा पाँच वर्षभित्र पूरा गछौं : उपप्रधानमन्त्री खड्का


३०,असार ,सुर्खेत । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाँच वर्षभित्र जनतासँग गरेका बाचा पूरा गर्ने बताउनु भएको छ । उपप्रधानमन्त्री खड्काले देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको भएपनि निर्वाचनका बेला जनतासँग गरिएका बाचा पूरा गरेरै छोड्ने बताउनु भयो । गृह जिल्ला सुर्खेत पुग्नु भएका उपप्रधानमन्त्री खड्काले शनिबार सुर्खेतको पूर्वी क्षेत्र गुर्भाकोट–७ स्थित गोकुलपुरमा इलाका प्रशासन कार्यालयको उद्घाटन गर्दै देशको प्रतिकुल आर्थिक अवस्थामा पनि विकास–निर्माणका कामहरु अघि बढिरहेको बताउनु भयो ।
उपप्रधानमन्त्री खड्काले जनताको अपेक्षा अनुसार वर्तमान सरकारले कामहरु गरिरहेको भन्दै । ‘देशको प्रतिकुल आर्थिक अवस्थामा पनि समग्र कर्णाली, सुर्खेत र म निर्वाचित भएको क्षेत्रमा महत्वपूर्ण विकास योजनाहरु अघि बढेका छन्, ‘जनतासँग गरेका बाचा पाँच वर्षभित्र पूरा गर्न प्रतिवद्ध छु ।’
उपप्रधानमन्त्री खड्काले कर्णाली करिडोर र भेरी करिडोरलगायतका कर्णालीको समृद्धिसँग जोडिएका ठूला सडक योजनाहरु निर्माणलाई सरकारले पहिलो प्राथमिकतामा राखेको जानकारी समेत दिनुभयो । उहाँले २० वर्षभित्र भेरी किनारमा आधुनिक र नमूना शहर निर्माण गरेर भेरीगंगा उपत्यका नमूनाको आधुनिक शहर निर्माणको काम अघि बढेको बताउँदै त्यो शहर नयाँ पुस्तालाई नासोका रुपमा हस्तान्तरण गरिने बताउनु भयो ।
रक्षामन्त्री समेत रहनु भएका उपप्रधानमन्त्री खड्काले राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनासँगै डोल्पादेखि सुर्खेतसम्मको भेरी किनारमा सिंचाई, विद्युतीकरण, सडकलगायतका कामहरु गर्ने गरेर भेरी करिडोर सिंचाई विकास योजनालगायतका ठूला विकास योजनाहरु कार्यान्वयन भइरहेको बताउनु भयो ।
इलाका प्रशासन कार्यालयको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले जनताले घर–आँगनबाटै सेवा प्रवाह गर्ने उद्देश्यले मेहलकुनामा इलाका प्रशासन कार्यालय स्थापना गरिएको बताउनु भयो । ‘वडा हुँदै पालिकाबाट सिफारिस लिएर नागरिकता लिन सदरमुकाम जाँदा यहाँका नागरिकहरुको समयसँगै पैसा पनि अनावश्यक खर्च भइरहेको हामीले देखेका छौं,’ उहाँले भन्नू भयो , ‘अव पूर्वी सुर्खेतका जनतालाई प्रशासनिक कामका लागि सदरमुकाम धाइरहनुपर्ने अवस्थाको अन्त्य भएको छ ।’
पूर्वी सुर्खेतका लेकवेशी, भेरीगंगा र गुर्भाकोट नगरपालिका तथा सिम्ता गाउँपालिकाका नागरिकहरुलाई एकीकृत सेवा पुर्याउने उद्देश्यले मेहलकुनामा इलाका प्रशासनसँगै मालपोत, नापीलगायतका जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयहरु स्थापना गरिएको बताउनु भयो । उपप्रधानमन्त्री खड्काले मेहलकुनामा केही दिनभित्रै इलाका प्रहरी कार्यालय पनि औपचारिक रुपमा स्थापना हुने जानकारी गराउनु भयो । ‘जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयहरु एकै ठाउँमा स्थापना गरेर पूर्वी सुर्खेतका नागरिकहरुलाई आफ्नै ठाउँबाट सेवा पाउन भन्ने चाहना थियो,’ उपप्रधानमन्त्री खड्काले भन्नु भयो , ‘त्यो चाहना अहिले पूरा हुँदै गएको छ ।’
उपप्रधानमन्त्री खड्काले नवीन तरिकाले तिब्र बेगमा जनताको विकास निर्माणको चाहना र महत्वाकांक्षालाई सम्बोधन गर्ने गरेर काम भइरहेको समेत बताउनु भयो ।


प्रकाशित मिति: ३० असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?