Trending
>>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

ग्रीन भेन्चर्सको साधारणसभामा हंगामा, एजेण्डाहरु परित हुन सकेनन्


३०,असार ,काठमाडौँ । ग्रीन भेन्चर्स लिमिडेटको साधारणसभामा हंगामा मच्चिएको छ । सभामा सेयरधनीले व्यवस्थापनको काम कारवाहीप्रति चर्को विरोध गरेपछि कम्पनीले पेश गरेका दुई वटा प्रस्ताव परित हुन नसकेका हुन् । सेयरधनीहरुले चर्को विरोध गरेपछि कम्पनीले प्रस्ताव गरेको संचालक नियुक्ती गर्ने बिशेष प्रस्ताव र बैठक भत्ता निर्धारण गर्ने प्रस्ताव पारित हुन नसकेको हो । सभामा कम्पनीले संस्थापक समूहबाट ५ जना, सर्वसाधारण सेयरधनी मध्येबाट १ जना र स्वतन्त्र संचालक १ जनाको निर्वाचन गर्ने प्रस्ताव अघि सारेको थियो ।

संचालकहरुले सेयरधनीहरुलाई हेपेर पव्लिक कम्पनीको नीति नियमलाई लात हान्दै आफूखुसी सर्वसाधारण संचालक नियुक्ति गरेको भन्दै विरोध जनाएका थिए । संचालकको निर्वाचन प्रकृयामा सेयरधनीले निर्वाचनका लागि तोकिएको अवधिभित्रै आवेदन दिन कम्पनीमा जाँदा कम्पनी सचिवले उम्मेदवारी दर्ता गराउन कम्पनीको कम्तीमा ५ हजार कित्ता सेयर खरिद गरेको हुनु पर्ने भन्दै सेयरधनीलाई थर्काएर थिए । रजिष्ट्रर कार्यालयकाअनुसार पब्लिक कम्पनीको संचालक समितिको उम्मेदवारी दिन एक सय कित्ता सेयर हुनु पर्ने कानूनमा व्यवस्था छ । तर सचिवले आफूखुसी नियम बनाएर संचालक नियुक्तिमा सिन्डिकेट लगाएको आरोप सेयरधनीको छ । सभामा भत्ता बृद्धिको तीन महले प्रस्तावसहित नआई मौखिक रुपमा आएको भन्दै यो एजेण्डा पनि पारित हुन सकेन ।

करिव ५ घण्टा चलेको साधारणसभामा संचालक र सेयरधनीबीच भनाभन भएको थियो । सभामा कर्मचारी र सेयरधनीबीच हात हालाहालको अबस्था आएको थियो । सभामा कर्मचारीले सेयरधनीको आवाज दवाउन खोजेपछि सेयरधनी र कम्पनीका कर्मचारीबीच हात हालाहाल भएको हो । हातहालाहाल हुँदा एक जना सेयरधनी सामान्य घाईते भएका छन् । घाईते सेयरधनीको औलामा चोट लागेको छ । होहल्ला सामान्य भएपछि प्रस्ताव गरिएका एजेण्डाहरुमध्ये दुई एजेण्डाबाहेक अरु एजेण्डा पारित भएको सुनाउँदै आजको ३ महिनाभित्र साधारणसभा गर्ने बाँचा गर्दै कम्पनीका अध्यक्ष सुभाषचन्द्र संघई सभाहलबाट बाहिर निस्केका थिए । कम्पनीको संचालकमा अध्यक्ष सुभाष चन्द्र संघई, संचालकहरुमा त्रिलोकचन्द्र अग्रवाल, विरेन्द्रकुमार संघई, गोविन्दलाल संघई र अनुज अग्रवाल रहेका छन् ।


प्रकाशित मिति: ३० असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?