Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

ग्रीन भेन्चर्सको साधारणसभामा हंगामा, एजेण्डाहरु परित हुन सकेनन्


३०,असार ,काठमाडौँ । ग्रीन भेन्चर्स लिमिडेटको साधारणसभामा हंगामा मच्चिएको छ । सभामा सेयरधनीले व्यवस्थापनको काम कारवाहीप्रति चर्को विरोध गरेपछि कम्पनीले पेश गरेका दुई वटा प्रस्ताव परित हुन नसकेका हुन् । सेयरधनीहरुले चर्को विरोध गरेपछि कम्पनीले प्रस्ताव गरेको संचालक नियुक्ती गर्ने बिशेष प्रस्ताव र बैठक भत्ता निर्धारण गर्ने प्रस्ताव पारित हुन नसकेको हो । सभामा कम्पनीले संस्थापक समूहबाट ५ जना, सर्वसाधारण सेयरधनी मध्येबाट १ जना र स्वतन्त्र संचालक १ जनाको निर्वाचन गर्ने प्रस्ताव अघि सारेको थियो ।

संचालकहरुले सेयरधनीहरुलाई हेपेर पव्लिक कम्पनीको नीति नियमलाई लात हान्दै आफूखुसी सर्वसाधारण संचालक नियुक्ति गरेको भन्दै विरोध जनाएका थिए । संचालकको निर्वाचन प्रकृयामा सेयरधनीले निर्वाचनका लागि तोकिएको अवधिभित्रै आवेदन दिन कम्पनीमा जाँदा कम्पनी सचिवले उम्मेदवारी दर्ता गराउन कम्पनीको कम्तीमा ५ हजार कित्ता सेयर खरिद गरेको हुनु पर्ने भन्दै सेयरधनीलाई थर्काएर थिए । रजिष्ट्रर कार्यालयकाअनुसार पब्लिक कम्पनीको संचालक समितिको उम्मेदवारी दिन एक सय कित्ता सेयर हुनु पर्ने कानूनमा व्यवस्था छ । तर सचिवले आफूखुसी नियम बनाएर संचालक नियुक्तिमा सिन्डिकेट लगाएको आरोप सेयरधनीको छ । सभामा भत्ता बृद्धिको तीन महले प्रस्तावसहित नआई मौखिक रुपमा आएको भन्दै यो एजेण्डा पनि पारित हुन सकेन ।

करिव ५ घण्टा चलेको साधारणसभामा संचालक र सेयरधनीबीच भनाभन भएको थियो । सभामा कर्मचारी र सेयरधनीबीच हात हालाहालको अबस्था आएको थियो । सभामा कर्मचारीले सेयरधनीको आवाज दवाउन खोजेपछि सेयरधनी र कम्पनीका कर्मचारीबीच हात हालाहाल भएको हो । हातहालाहाल हुँदा एक जना सेयरधनी सामान्य घाईते भएका छन् । घाईते सेयरधनीको औलामा चोट लागेको छ । होहल्ला सामान्य भएपछि प्रस्ताव गरिएका एजेण्डाहरुमध्ये दुई एजेण्डाबाहेक अरु एजेण्डा पारित भएको सुनाउँदै आजको ३ महिनाभित्र साधारणसभा गर्ने बाँचा गर्दै कम्पनीका अध्यक्ष सुभाषचन्द्र संघई सभाहलबाट बाहिर निस्केका थिए । कम्पनीको संचालकमा अध्यक्ष सुभाष चन्द्र संघई, संचालकहरुमा त्रिलोकचन्द्र अग्रवाल, विरेन्द्रकुमार संघई, गोविन्दलाल संघई र अनुज अग्रवाल रहेका छन् ।


प्रकाशित मिति: ३० असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?