Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

बीमा कम्पनीलाई विदेशमा सेवा विस्तार गर्न दिनुपर्छः अध्यक्ष ढकाल


बीमा कम्पनीलाई विदेशमा सेवा विस्तार गर्न दिनुपर्छः अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बीमा कम्पनीहरुलाई विदेशमा समेत सेवा विस्तार गर्न दिन माग गर्नुभएको छ ।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको बिहीवार नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उहाँले नीतिगत सुधार गरी विदेशमा व्यवसाय विस्तार गर्ने वातावरण बनाउन माग गर्नुभएको हो । उहाँले बीमा कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्नसक्ने वातावरण बनाउन पनि बीमा प्राधिकरणसँग आग्रह गर्नुभयो । उहाँले नेपालका नियामक निकायहरू नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डहरु परम्परागत नीतिका कारण अझै सञ्चालन भइरहेको उल्लेख गर्नुभयो । पुराना नीतिकै कारण बैंक तथा वित्तीय क्षेत्रले आफ्नो व्यवसाय अपेक्षित रूपमा विस्तार गर्न नसकेको उहाँको भनाइ छ । अध्यक्ष ढकालले वित्तीय रूपमा सक्षम हुँदाहुँदै पनि पुराना नीतिका कारण व्यवसायिक गतिविधि विस्तारमा अवरोध आएको बताउनु भयो । उहाँकाअनुसार बीमा कम्पनी तथा समग्र बैंक तथा वित्तीय संस्थालाई नियमन गर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक छ । व्यवसायिक संस्थालाई नाफामुखी र गलत मनसाय राख्ने दृष्टिले मात्र हेर्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो । कुनै एक व्यक्तिको गलत कार्यलाई आधार बनाएर सम्पूर्ण संस्थालाई दोषी ठहर गर्ने प्रवृत्ति गलत भएको उहाँको तर्क छ ।

उहाँले भन्नुभयो, ‘कतिपय हाम्रा नियमक निकायहरु नेपाल राष्ट्र बैंक, बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्डले परम्परागत हिसावले बनाईएको नितिका कारण चलिरहेका छन् । सोही कारण बैंक तथा वित्तीय क्षेत्रले जुन हिसावले आफ्नो व्यवसाय बढाउन सक्ने हो त्यो अनुसार भएको छैन । फाईनान्सियल रुपमा क्षमतावान हुँदाहुँदै पनि कतिपय पुराना नीतिका कारण जति व्यवसायिक गतिविधि बढाउन सकिन्थ्यो त्योअनुसार नसकेको अवस्था छ । हामी क्षमताको हिसावले सक्षम छौँ भने नेपालमा मात्रै यसको दायर बनाउनपर्छ भन्ने छैन । अन्तर्राष्ट्रिय स्तरमा पनि विस्तार गर्न दिनुपर्छ र त्यसको नियमन राम्रो गर्नुपर्छ । यसले नेपालको अर्थतन्त्रमा नै योगदान हुने भएकोले सोहीअनुसार कानून बनाउनुपर्छ । बीमा कम्पनीहरुलाई नियामक निकायले हेर्ने एउटै दृष्टिकोण छ, त्यस्तो हुनु हुँदैन । चाहे बीमा प्रवद्र्धकका सञ्चालन अवथा बैंक तथा वित्तीय संस्थाका सञ्चालन भनौँ, यिनीहरु सबैले नाफा मात्रै खान खोज्छन्, यिनीहरुमा गलत मनशाय छ भन्ने देखिन्छ, त्यो कदापी होइन । कुनै एक जना व्यक्तिले बद्मासी ग¥यो भने त्यो एक व्यक्तिले गरेको व्यक्तिगत बद्मासीलाई सही हिसावले बढाउन लागेको व्यवसायिक संस्था वा उनीहरुले बढाउन लागेको गतिविधि छ, त्यसमा पनि लगेर जोडिदिने चलन छ । त्यो गलत छ । नेपालभन्दा बाहिर व्यवसायिक गतिविधि बढाउनको लागि पनि नीतिहरु परिवर्तन गरेर बीमा कम्पनीहरुलाई विदेशमा गतिविधि बढाउने वातावरण तयार पार्न आवश्यक छ । यसमा बीमा प्राधिकरण काम गर्नेछ भन्ने विश्वास पनि लिएको छु । आर्थिक गतिविधि बढाउन सकियो भने त्यसले रोजगारी सिर्जना गर्न, राजश्वमा वृद्धि गर्न ठूलो योगदान हुन्छ ।’

अध्यक्ष ढकालले आर्थिक गतिविधिको विस्तारले रोजगारी सिर्जना र राजस्व वृद्धिमा महत्वपूर्ण योगदान गर्ने बताउनु भयो । उहाँले आर्थिक गतिविधिलाई चलायमान बनाउनको लागि कानून तथा नीतिमा सुधार गर्न आवश्यक रहेको दोहो¥याउनु भयो । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले बिहीवार आफ्नै नवनिर्मित भवनको उद्घाटन गरी सेवा सुभारम्भ गरेको छ ।


प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?