५ ,श्रावण ,पर्सा । पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित भन्सार गेटबाट साउन ४ गते सशस्त्र प्रहरीले करीब २ लाख ४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट नेपालतर्फ ल्याउदै गरेको लत्ताकपडा, मोवाईल पार्टस्, हार्डवेयर तथा किराना सामान प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजले बरामद गरेको हो ।
५ ,श्रावण ,काठमाडौँ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सूचना प्रविधिको युग र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै विद्यालय तहदेखि नै डिजिटल साक्षरतामुखी पाठ्यक्रम जरूरी रहेको बताउनुभएको छ।शुक्रबार दिउँसो सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषदद्वारा आयोजित "आधुनिक सूचना प्रविधिले राष्ट्रिय सुरक्षामा पार्ने प्रभाव" विषयक अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा
५ ,श्रावण ,काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका विभिन्न स्थानीय तहमा रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई शुन्यमा झार्ने निर्णय गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीको विशेष उपस्थितिमा शुक्रबार बसेको उच्चस्तरीय व्यवस्थापन समुहको बैठकले यस्तो निर्णय गरेको हो । पदभार ग्रहण गरेदेखि
५ ,श्रावण ,सर्लाही,। सन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सर्लाहीको बागमती नगरपालिकाले सम्मान गरेको छ । पालिकासहित जिल्लाको विकासमा संघीय सरकारको तर्फबाट सहयोग गरेकोमा खुशी व्यक्त गर्दै बागामती नगरपालिकाले सम्मान गरेको हो । नगर प्रमुख भरतबहादुर थापा जिल्ला बाहिर रहेकाले उपप्रमुख लीला मोक्तानले कदरपत्र प्रदान गर्दै मन्त्री शर्मालाई सम्मान गर्नुभएको
५ ,श्रावण ,काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) सँग सरकारले सहकार्य गर्ने बताउनु भएको छ । शुक्रबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण तथा उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड बितरण कार्यक्रममा बोल्दै मन्त्री डा. महतले भन्नुभयो, ‘उत्पादनलाई एक तहको सुरक्षा दिने नीति सरकारले लिएको
५ ,श्रावण ,चन्द्रागिरि (काठमाडौँ) । सभामुख देवराज घिमिरेले ठिक ढङ्गले सभा सञ्चालन तथा उपयुक्त कानुन तर्जुमा गर्दै जनता, राष्ट्रहितमा बहस, छलफल गर्न प्रदेश सभामुख र उपसभामुखलाई सुझाव दिएका छन् । सङ्घीय संसद् र प्रदेशसभाको अनुभव आदानप्रदान तथा अन्तरक्र्रियामा उनले अभ्यासमा रहेको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणाली उपयुक्त रहेकाले जनताको हितमा
५ ,श्रावण ,रूपन्देही । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले संवैधानिक निकायले दिएका सुझावलाई सरकारले कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन ग्रहण गर्दै उनले संवैधानिक निकायले दिएका सुझावलाई कार्यान्वयन गरी आर्थिक अनुशासन कायम राख्नुपर्ने बताए । राज्यको आवश्यकताका आधारमा संवैधानिक
५ ,श्रावण ,झापा । मेची भन्सार कार्यालय काँकडभिट्टाले रु एक सयभन्दा बढी मूल्यको सामान भारतबाट ल्याउँदा भन्सार शुल्क लिन थालेपछि सीमावर्ती भारतीय बजारमा घरायसी सामान किन्न जाने निरुत्साहित भएका छन् । पूर्वीनाकामा परिचालन गरिएका भन्सार कर्मचारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले भारतबाट किनमेल गरेर फर्केकालाई भन्सार शुल्क तिराउन नाकामै जाँचमा
५ ,श्रावण ,काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गएको एक वर्षमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका एक सय २५ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ । उनीहरूविरुद्ध ४३ वटा मुद्दा दर्ता गरेको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । विभिन्न कसुरमध्ये सबैभन्दा बढी ठगीको देखिएको
५ ,श्रावण ,लुम्बिनी । बुटवल उपमहानगरपालिकाले कालिका पथ र मुख्य सडक जोड्न निकास खोलेको छ । लुम्बिनी प्रादेशिक अस्पताल र कालिका मन्दिरको बीचमा रहेको पर्खाल भत्काएर बुटवल उपमहानगरपालिकाले दुई सडक जोड्ने निकास निकालेको हो । यो सडक सञ्चालनमा आएपछि बुटवलको नेपालगञ्ज रोडबाट कालिकापथ जाने आउने निकास सहज हुने उपमहानगर प्रमुख