Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

बुटवलले खोल्यो कालिकापथ र नेपालगञ्ज रोडको अर्को निकास


५ ,श्रावण ,लुम्बिनी । बुटवल उपमहानगरपालिकाले कालिका पथ र मुख्य सडक जोड्न निकास खोलेको छ । लुम्बिनी प्रादेशिक अस्पताल र कालिका मन्दिरको बीचमा रहेको पर्खाल भत्काएर बुटवल उपमहानगरपालिकाले दुई सडक जोड्ने निकास निकालेको हो ।

यो सडक सञ्चालनमा आएपछि बुटवलको नेपालगञ्ज रोडबाट कालिकापथ जाने आउने निकास सहज हुने उपमहानगर प्रमुख खेलराज पाण्डेयले बताए । उनले ४१ फिट चौडाइको सडक बनाउने गरी सो क्षेत्रमा रहेका संरचना भत्काइएको र यसले कालिकापथ जान आउन सहज हुने तथा मुख्य सडकको चाप कम गर्न मद्दत गर्ने बताए ।

उनले अस्पताल र कालिका मन्दिरको क्षेत्रमा आवश्यक पर्खाल उपमहानगरपालिकाले लगाउने गरी सडक पक्की गर्ने तयारी अगाडि बढाएको बताए । “कालिका पथ र राजमार्गको नेपालगञ्ज रोड जोडिने भएको छ”, उनले भने, “यसले कालिकापथको उत्तरी निकास कहाँ हो भन्ने अन्योल हटाउने छ भने कालिकापथ र नेपालगञ्ज रोड जोडिएपछि सवारी चाप पनि कम हुनेछ ।”

सो क्षेत्रमा डोजर लगाएर उपमहानगरपालिकाले सडक सञ्चालनमा ल्याउने भएपछि स्थानीयवासीले खुसी प्रकट गरेका छन् ।


प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?