Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थासँग सरकारले सहकार्य गर्ने


५ ,श्रावण ,काठमाडौँ ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) सँग सरकारले सहकार्य गर्ने बताउनु भएको छ ।

शुक्रबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण तथा उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड बितरण कार्यक्रममा बोल्दै मन्त्री डा. महतले भन्नुभयो, ‘उत्पादनलाई एक तहको सुरक्षा दिने नीति सरकारले लिएको छ । चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले चार्टर्ड एकाउन्टेन्ट उत्पादन गरोस् सरकारले वितरण गर्नेछ । जवाफदेहिता र पारदर्शिता लागि यो संस्थाको भूमिका महत्वपूर्ण छ, सरकारलगायत हरेक संघसंस्थामा जवाफदेहिता र पारदर्शिता अनिवार्य आवश्यकता हो ।’ आगामी दिनमा चार्टर्ड एकाउन्टेन्टको लोकप्रियता अझ बढ्दै जाने मन्त्री डा. महतको भनाइ थियो ।

नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुहुदै मन्त्री डा. महतले भन्नुभयो, ‘नयाँ कार्यसमितिले संस्थालाई अझ एक स्टेप लैजानु हुनेछ भन्ने मलाई विश्वास छ । पुरस्कृत विभिन्न संघसंस्था पनि हार्दिक बधाई दिन चाहन्छु । कार्यक्रममा मन्त्री डा. महतले भन्नुभयो, ‘लेखा राख्ने विषय जवाफदेही, कानुन र पारदर्शितासँग जोडिएको विषय हो । यी सबै कुरा लोकतन्त्रसँग जोडिएको विषय हो । जुन देशमा लोकतन्त्र हुन्छ, त्यहाँ पारदर्शिता र जवाफदेही जरुरी हुन्छ । पारदर्शिता र जवाफदेहिता हरेक संस्थामा सुनिश्चिता हुनुपर्छ । यसको सुनिश्चिता गर्ने काम चार्टर्ड एकाउन्टेन्टको हो । चार्टर्ड एकाउन्टेन्टले हरेक जिम्मेवारी पूरा गरिरहनु भएको छ ।’

वित्तीय क्षेत्रमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्सले महत्वपूर्ण योगदान पुर्याइरहेको मन्त्री डा. महतले बताउनुभयो । चार्टर्ड एकाउन्टेन्ट बन्न धेरै कठिन छ, यद्यपि नेपालमा ठूलो संख्यामा युवाहरु लागिरहेको भन्नुहुँदै अहिले २२ सय रजिष्टर चार्टर्ड एकाउन्टेन्ट र ७ हजार अडिटर रहेको जानकारी दिनुभयो । यसको अर्थ हो, कठिन भए पनि चार्टर्ड एकाउन्टेन्टप्रति आर्कषण बढिरहेकोमा मन्त्री डा. महतले खुशी व्यक्त गर्नुभयो ।

चार्टर्ड एकाउन्टेन्ट उत्पादन गर्ने हबको रुपमा नेपाललाई विकास गर्न सकिने मन्त्री डा. महतले औंल्याउनुभयो । उत्पादनको क्षेत्र निजी क्षेत्रले गर्यो भने वितरण सरकारले गर्ने जानकारी दिँदै मन्त्री डा. महतले भन्नुभयो, ‘निजी क्षेत्रलाई अब संस्थागत गर्न जरुरी छ । व्यक्ति वा परिवारले मात्र चलाउने होइन, यसलाई कर्पोरेट कल्चरमा लैजानुपर्छ ।’ कर्पोरेट कल्चर विकास भयो भने व्यापार व्यवसाय गर्न अनिच्छुकले लगानी गर्न सक्छन् । कर्पोरेट कल्चरमा जवाफदेही र पारदर्शिता हुने मन्त्री डा. महतको भनाइ थियो ।


प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?