Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

सर्लाहीको बागमति नगरपालिकामा सन्चारमन्त्रीलाई सम्मान


५ ,श्रावण ,सर्लाही,। सन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सर्लाहीको बागमती नगरपालिकाले सम्मान गरेको छ । पालिकासहित जिल्लाको विकासमा संघीय सरकारको तर्फबाट सहयोग गरेकोमा खुशी व्यक्त गर्दै बागामती नगरपालिकाले सम्मान गरेको हो । नगर प्रमुख भरतबहादुर थापा जिल्ला बाहिर रहेकाले उपप्रमुख लीला मोक्तानले कदरपत्र प्रदान गर्दै मन्त्री शर्मालाई सम्मान गर्नुभएको थियो ।

नेकपा माओवादी केन्द्र स्थायी समिती सदस्य समेत रहनुभएका शर्माले २०७० सालको निर्वाचन अघि सर्लाही जिल्लामा लामो समय बसेर पार्टी संगठन निर्माणमा पनि योगदान गर्नुभएको थियो । कार्यक्रममा मन्त्री शर्माले बागमति नगरपालिकाले उत्पादन वृद्धि गर्दै नगरबासीलाई समृद्धिमा जोड्न देशभरिमै नमूना काम गरेको बताउनुभयो ।

माओवादी केन्द्रले नेतृत्व गरेका धेरै पालिकाहरुले राम्रो काम गरेको उल्लेख गर्दै उहाँले अब पालिकाहरुबिच यसरी नै उत्पादन र समृद्धिमा प्रतिष्पर्धा हुनुपर्ने बताउनुभयो ।बागमती नगर उपप्रमुख मोक्तानले नगरले ६५ बिगाहा जग्गामा भरत ताल निर्माण गरेर लाखौं पर्यटक भित्र्याउदै दैनिक एक सय बढीलाई रोजगारी दिएको, सो तालको क्षेत्रफल बढाएर १२१ बिगाहा पुर्याउने तयारी गरिएको, १५० बिगाहा जग्गामा नगर बगैंचा निर्मा गरेको, पाँचतारे होटल सन्चालनको उद्देश्यसहित फनपार्कका ३८ कोठे भवन निर्माण गरेको, ६ हजार सुकुम्बासीको व्यवस्थापन गरेको, सामुदायिक विद्यालय पढ्ने विद्यार्थीको संख्या दुई हजारबाट १२ हजार पुर्याएको लगायतका प्रगति सुनाउनुभएको थियो । सो क्रममा मन्त्री शर्माले भरत तालमा बोटिङ गर्नुका साथै नवनिर्मित फनपार्क भवन निरीक्षण पनि गर्नुभएको थियो ।


प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?