Trending
>>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल >>   डलरको भाउ बढ्दा तिर्न बाँकी ऋणको दायित्व चुलियो >>   देशलाई अभिभावकको खाँचो छः शेखर कोईराला
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

समाचार


मुस्ताङमा चौँरीको आलो रगत पिउनेको भीड

११ वैशाख, मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका– २ बोक्सी खोलामा वैशाख आठ गतेदेखि सुरु भएको चौरीको आलो रगत पिउने मेलामा भीड लागेको छ । याक र चौंरीबाट आलो रगत निकालेर पिउने मानिसको भीड बढेको हो । मेलामा मुस्ताङी भन्दा म्याग्दी, पोखरा, चितवन, नवलपरासी, तनहुँ, पर्वत, बुटवल, काठमाडौँबाट आउने धेरै छन्

स्वर्णिम वाग्लेले कटाए १५ हजार मत, सर्वेन्द्र खनाल ५ हजार सहित तेश्रो स्थानमा

११ वैशाख, तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले १५ हजार मत कटाएका छन् । तनहुँ १ मा उपनिर्वाचनको मतगणना जारी रहँदा वाग्ले १५ हजार १३५ मत सहित अघि बढेका हुन् । २९ हजार ८०२ मत गन्दा वाग्लेको पक्षमा आधा भन्दा बढी मत आएको छ । त्यसैगरी, नेपाली कांग्रेसमा गोविन्द

चितवन २ मा मतगणना सुरू

११ वैशाख, चितवन । चितवन २ मा मतगणना सुरू भएको छ । इच्छाकामना गाउँपालिकाबाट मतगणना गर्न सुरू गरिएको जानकारी दिइएको छ । सोमबार बिहान बसेको सर्वदलीय बैठकले दिउँसो १ बजेबाट मतगणना गर्ने निर्णय गरेको भएता पनि करिब १ घण्टा ढिलो गरी मतगणना सुरू भएको हो । सर्वदलीय बैठकमा नेपाली कांग्रेसले

देउवाको चिन्ता : उपनिर्वाचनमा ठूला पार्टीप्रति जनताको चासो देखिएन, सुधार गर्नुपर्यो

११ वैशाख, काठमाडाैँ । नेपाली कांग्रेस संसदीय दलको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताएका छन् । सोमबार संसद् भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकमा उपनिर्वाचनमा पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता सभापति देउवाले

बारामा उपेन्द्र यादवले लिए अग्रता, रमेश खरेल चाैथो स्थानमा

११ वैशाख, बारा । बारा १ को प्रारम्भिक मतगणनामा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता लिएका छन् । प्रारम्भिक चरणमा ६७० मत गन्दा यावदले २२४ मत ल्याएका छन् । त्यस्तै, जनमतका उम्मेदवार शिवचन्द्र प्रसाद कुसवाहा १७० मत ल्याउँदा एमालेका पुरुषोत्तम पौडेलले १६६ मत सहित तेश्रोमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले

सुडानमा ४१३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनद्वारा पुष्टि

११ वैशाख, एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सुडानमा जारी द्वन्द्वमा सोमबार बिहानसम्म ४१३ जनाको मृत्यु भएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय बाल निकाय (यूनिसेफ)ले युद्धमा बालबालिकाले ठूलो मूल्य चुकाउनुपरेको जनाएको छ । सङ्गठनकी प्रवक्ता मार्गरेट ह्यारिसले संयुक्त राष्ट्रसङ्घको पत्रकार सम्मेलनमा सुडान सरकारको तथ्याङ्कअनुसार द्वन्द्वमा ४१३ जनाको मृत्यु भएको

खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

११ वैशाख, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउँदा सङ्क्रमण नहुने भएकाले खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप लगाएका व्यक्तिको तुलनामा खोप नलगाएका व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएमा सिकिस्त

अदालतभित्रै अशान्ति मच्चाउने तीन जना पक्राउ

११ वैशाख, गोरखा । अदालत परिसरभित्रै होहल्ला गरी अशान्ति मच्चाउने तीन जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । जिल्ला अदालतकोे मेलमिलाप केन्द्रमा सम्बन्धविच्छेदको मुद्दालाई लिएर भइरहेको छलफलमा अशान्ति मच्चाउने तथा हुलहुज्जत गरेको आरोपमा प्रहरीले उनीहरुलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

लुम्बिनीका मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत

११ वैशाख, लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाउन असफल भएका छन् । प्रदेशसभाको आजको बैठकमा बिश्वासको मत मागेका मुख्यमन्त्री गिरीले आफ्नो पक्षमा ३३ मत मात्रै पाए हुन् । लुम्बिनी प्रदेशमा ८७ जना सदस्य छन् । बहुमत पाउनका लागि ४४ सांसदको आवश्यकता पर्नेमा गिरीको पक्षमा ३३ मत मात्रै

बारामा मतगणना सुरू

११ वैशाख, बारा । उपनिर्वाचन भएको बाराको क्षेत्र नम्बर १ मा मतगणना सुरू भएको छ । सर्वदलीय बैठकले ११ बजेबाट मतगणना सुरू गर्ने निर्णय गरेता पनि करीब डेढ घण्टा ढिलो मतगणना सुरू भएको हो । बारामा जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, जनता समाजवादी पार्टीका उम्मेदवार अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार

सम्वन्धित समाचारहरु