Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

देशलाई अभिभावकको खाँचो छः शेखर कोईराला


देशलाई अभिभावकको खाँचो छः शेखर कोईराला

काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले देशलाई एउटा अभिभावक आवश्यक रहेको बताउनुभएको छ ।

कृष्णप्रसाद भट्टराईको १०२ औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा मंगलवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफूलाई संवैधानिक राजतन्त्रको पक्ष लिएर अघि बढ्न सुझाव आउने गरे पनि अब ढिला भइसकेको र आफू मात्रै लागेर नहुने बताएका छन् । उनले नेपाललाई राजनीतिक स्थिरता दिन आवश्यक रहेको बताउदै राष्ट्रियता र प्रजातन्त्र सँगै लैजान नसके नेपाल बाँच्न नसक्ने जिकिर गरेका छन् । देशको राष्ट्रियता अत्यन्त नाजुक अवस्थामा रहेको बताउँदै प्रजातन्त्र, लोकतन्त्र छाडातन्त्रमा परिणत भइसकेको बताएका छन् । जेन–जी आन्दोलनमा नेपाली अनुहार भएपनि त्यसभित्रको रुप के थियो भन्नेकुरा बुझ्न जरुरी रहेको बताएका छन् ।

नेता कोईरालाले भने, ‘अहिले नेपाललाई कसरी हामीले राजनीतिक स्थिरता दिन सकिन्छ ? अघि स्वामीजीले भन्नुभयो । एउटा गार्जेन चाहिन्छ भन्नेकुरा गर्नुभयो । किसुनजीले पनि भन्नुभयो र विपीजीले पनि राष्ट्रियता र प्रजातन्त्र सँगै लैजान सकेनौँ भने नेपाल बाँच्दैन भन्नेकुरालाई राष्ट्रिय मेलमिलापको नारा दिएर अघि बढ्नुभएको हो । राष्ट्रियता अत्यन्त नाजुक अवस्थामा छ । प्रजातन्त्र, लोकतन्त्र त छाडातन्त्रमा हामीले विकसित गरिसकेका छौँ । अहिलेको अवस्था जेन–जीको आन्दोलनमा नेपाली अनुहार त थियो, तर त्यो भित्र नेपाली अनुहार नै थियो की अरु कोही थिए भन्नेकुरा हामीले बुझ्नुपर्छ ।’

नेता कोईरालाले राजनीति गर्ने व्यक्तिमा नैतिकता र संस्कार जरुरी रहेको र अहिले नेपालको राजनीतिमा लोकरिझ्याँईले प्राथमिकता पाएको पनि बताएका छन् ।


प्रकाशित मिति: ८ पुष २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?