Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

देशलाई अभिभावकको खाँचो छः शेखर कोईराला


देशलाई अभिभावकको खाँचो छः शेखर कोईराला

काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले देशलाई एउटा अभिभावक आवश्यक रहेको बताउनुभएको छ ।

कृष्णप्रसाद भट्टराईको १०२ औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा मंगलवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफूलाई संवैधानिक राजतन्त्रको पक्ष लिएर अघि बढ्न सुझाव आउने गरे पनि अब ढिला भइसकेको र आफू मात्रै लागेर नहुने बताएका छन् । उनले नेपाललाई राजनीतिक स्थिरता दिन आवश्यक रहेको बताउदै राष्ट्रियता र प्रजातन्त्र सँगै लैजान नसके नेपाल बाँच्न नसक्ने जिकिर गरेका छन् । देशको राष्ट्रियता अत्यन्त नाजुक अवस्थामा रहेको बताउँदै प्रजातन्त्र, लोकतन्त्र छाडातन्त्रमा परिणत भइसकेको बताएका छन् । जेन–जी आन्दोलनमा नेपाली अनुहार भएपनि त्यसभित्रको रुप के थियो भन्नेकुरा बुझ्न जरुरी रहेको बताएका छन् ।

नेता कोईरालाले भने, ‘अहिले नेपाललाई कसरी हामीले राजनीतिक स्थिरता दिन सकिन्छ ? अघि स्वामीजीले भन्नुभयो । एउटा गार्जेन चाहिन्छ भन्नेकुरा गर्नुभयो । किसुनजीले पनि भन्नुभयो र विपीजीले पनि राष्ट्रियता र प्रजातन्त्र सँगै लैजान सकेनौँ भने नेपाल बाँच्दैन भन्नेकुरालाई राष्ट्रिय मेलमिलापको नारा दिएर अघि बढ्नुभएको हो । राष्ट्रियता अत्यन्त नाजुक अवस्थामा छ । प्रजातन्त्र, लोकतन्त्र त छाडातन्त्रमा हामीले विकसित गरिसकेका छौँ । अहिलेको अवस्था जेन–जीको आन्दोलनमा नेपाली अनुहार त थियो, तर त्यो भित्र नेपाली अनुहार नै थियो की अरु कोही थिए भन्नेकुरा हामीले बुझ्नुपर्छ ।’

नेता कोईरालाले राजनीति गर्ने व्यक्तिमा नैतिकता र संस्कार जरुरी रहेको र अहिले नेपालको राजनीतिमा लोकरिझ्याँईले प्राथमिकता पाएको पनि बताएका छन् ।


प्रकाशित मिति: ८ पुष २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?