Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

अदालतभित्रै अशान्ति मच्चाउने तीन जना पक्राउ


११ वैशाख, गोरखा । अदालत परिसरभित्रै होहल्ला गरी अशान्ति मच्चाउने तीन जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । जिल्ला अदालतकोे मेलमिलाप केन्द्रमा सम्बन्धविच्छेदको मुद्दालाई लिएर भइरहेको छलफलमा अशान्ति मच्चाउने तथा हुलहुज्जत गरेको आरोपमा प्रहरीले उनीहरुलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

पक्राउ पर्नेमा गोरखा नगरपालिका–३ निवासी ४८ वर्षका भीमबहादुर अम्गाई, सिरानचोक गाउँपालिका–४ निवासी ३३ वर्षका राजु नेपाली र ३० वर्षका राजिन नेपाली रहेको उनले बताए । दिउँसो करिब २ बजे अदालत परिसरमा सम्बन्धविच्छेदको मुद्दामा वादी र प्रतिवादीलगायतका व्यक्तिबीच छलफलका क्रममा उनीहरुले जथाभावी हातपात गरी आतङ्क मच्चाएको उपरीक्षक लामिछानेको भनाइ थियो।

पक्राउ परेकाहरूलाई सार्वजनिकस्थलमा अशान्ति मच्चाएको कसुरमा मुद्दा दर्ता गर्नाका साथै हिरासतमा राखेर जिल्लाअदालतबाट म्याद थप गराएर अनुसन्धान भइरहेको उनले बताए ।


प्रकाशित मिति: ११ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?