११ वैशाख, बारा । उपनिर्वाचन भएको बाराको क्षेत्र नम्बर १ मा मतगणना सुरू भएको छ । सर्वदलीय बैठकले ११ बजेबाट मतगणना सुरू गर्ने निर्णय गरेता पनि करीब डेढ घण्टा ढिलो मतगणना सुरू भएको हो ।
बारामा जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, जनता समाजवादी पार्टीका उम्मेदवार अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेल, नेकपा एमालेका पुरूषोत्तम पौडेल र आम जनता पार्टीबाट अरूण ज्ञवाली उम्मेदवार रहेका छन् ।
प्रकाशित मिति: ११ बैशाख २०८०, सोमबार