Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

सुडानमा ४१३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनद्वारा पुष्टि


११ वैशाख, एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सुडानमा जारी द्वन्द्वमा सोमबार बिहानसम्म ४१३ जनाको मृत्यु भएको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय बाल निकाय (यूनिसेफ)ले युद्धमा बालबालिकाले ठूलो मूल्य चुकाउनुपरेको जनाएको छ ।

सङ्गठनकी प्रवक्ता मार्गरेट ह्यारिसले संयुक्त राष्ट्रसङ्घको पत्रकार सम्मेलनमा सुडान सरकारको तथ्याङ्कअनुसार द्वन्द्वमा ४१३ जनाको मृत्यु भएको र तीन हजार ५५१ जना घाइते भएको जानकारी दिए ।

देशको सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच जारी भिडन्तको एक हिस्सा हो । उनले अप्रिल १५ यता १० सहित स्वास्थ्य संस्थामा ११ वटा आक्रमण भएको पुष्टि भएको बताए ।

“सुडानको स्वास्थ्य मन्त्रालयका अनुसार काम गर्न छाडेका स्वास्थ्य संस्थाहरूको सङ्ख्या २० छ । साथै, स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार बन्द हुने जोखिममा रहेका स्वास्थ्य संस्थाहरूको सङ्ख्या १२ छ,” ह्यारिसलाई उद्धृत गर्दै अनादोलुले रिपोर्ट गरेको छ ।

यसको अर्थ हेरचाहको आवश्यकता रहेका व्यक्तिले आवश्यक स्वास्थ्य सेवा पाउन पनि कठिन बनेको छ ।

पत्रकार सम्मेलनमा युनिसेफका प्रवक्ता जेम्स एल्डरले भने,“यो लडाईंले बालबालिकामा विनाशकारी असर पारेको स्पष्ट छ । अहिले हामीसँग कम्तीमा नौ जना बालबालिकाको मृत्यु भएको र कम्तीमा ५० जना घाइते भएको समाचार प्राप्त भएको छ ।”

लडाइँ जारी रहँदा पिडित बालबालिकाको सङ्ख्या उल्लेख्यरूपमा बढ्ने देखिएको उनले बताए ।

एल्डरका अनुसार द्वन्द्वका कारण ठूलो सङ्ख्यामा मानिसहरु फसेका छन् र उनीहरुसँग विद्युतको पहुँच छैन । उनीहरूलाई खाना, पानी र औषधिको अभाव छ । उनले भने, “हाम्रो गम्भीर चिन्ताको विषय भनेको आक्रमणको चपेटामा परेका अस्पतालहरू हुन् ।”

एल्डरका अनुसार सुडानमा बालबालिकामा कुपोषणको दर विश्वमै सबैभन्दा बढी छ । “हाम्रो जानकारी अनुसार करिब ५० हजार बालबालिकाका लागि महत्वपूर्ण जीवन रक्षक सहयोग जोखिममा छ । यस लडाईंले सुडानमा निरन्तर चिसो तापक्रममा राख्नुपर्ने खोप तथा औषधीलाई पनि खतरामा पारेको छ,” उनले भने ।

सुडानमा यसका कारण चार करोड अमेरिकी डलर भन्दा बढीको खोप र इन्सुलिनलाई उचित तापक्रममा राख्न कठिन भएको छ ।

गत शनिबार सुडानी सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच राजधानी खार्तूम र आसपासका क्षेत्रमा भिडन्त भएको थियो । सन् २०२१ को अक्टोबरमा सेनाले प्रधानमन्त्री अब्दल्ला हम्दोकको सङ्क्रमणकालीन सरकारलाई बर्खास्त गर्नुका साथै आपतकालीन अवस्थाको घोषणा गरेपछि सुडानमा सन् २०२१ को अक्टोबरदेखि सेनाको नियन्त्रणमा सत्ता चलेको छ ।


प्रकाशित मिति: ११ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?