Trending
>>   पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको हार टर्‍यो – इशान पाण्डे >>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल >>   विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा >>   स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ >>   देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली >>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली
Logo
११ कार्तिक २०८३, बुधबार
११ कार्तिक २०८३, बुधबार

समाचार


शिक्षाको कमीका कारण नेपाली श्रमिकले वैदेशिक रोजगारीमा विभिन्न समस्या भोग्नुपरेको छ : श्रम सचिव भण्डारी

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले शिक्षाको कमीका कारण नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्या भोग्नुपरेको बताएका छन् । “एबीसीडी नै नचिनेको कारण साउदी (अरब) मा कामदारले कुटाइ खाए । गोदाममा काम गर्ने नेपाली कामदार हुन्, उनीहरूले एबीसीडी लेखेको कार्टुन नचिनेका कारण कुटाइ खानुपर्‍यो,”

सरकारले माघ २ गते २६ औँ भूकम्प सुरक्षा दिवस मनाउने

काठमाडौं। सरकारले माघ २ गते २६औँ भूकम्प सुरक्षा दिवस, २०८० मनाउने भएको छ । बिहीबार २६औँ भूकम्प सुरक्षा दिवस प्रचारप्रसार समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । सरकारले माघ २ गते स्थानीय स्रोत र प्रविधि समेत प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ भन्ने मूल नारासहित दिवस मनाउन

‘प्रचण्ड’ उपस्थित नभएपछि माधव नेपाल र रञ्जिता श्रेष्ठले गरे नाउपा महाधिवेशनको उद्घाटन

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन सुरु भएको छ । कैलालीको टीकापुरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपाल र नाउपा अध्यक्षसमेत रहेकी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले महाधिवेशनको उद्घाटन गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशन उद्घाटन गर्ने बताए पनि उनी नआएपछि नेपाल र श्रेष्ठले

आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने मन्त्री बस्नेतको दावी

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने दावी गरेका छन् । बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सगरमाथा क्षेत्रमा विद्युतीकरण र नेपाल–भारतबीच हालै भएको दीर्घकालिक विद्युत व्यापारसम्बन्धी सम्झौताका सम्बन्धमा भएको छलफलमा उनले यस्तो दाबी गरेका हुन् । उनले

चाँगुनारायणमा सांस्कृतिक औद्यौगिक ग्राम बनाइने

भक्तपुर। भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बागेश्वरीमा औद्योगिक ग्राम निर्माण हुने भएको छ । झण्डै ६३ रोपनी क्षेत्रफलमा उक्त औद्योगिक ग्राम बन्न लागेको हो । बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्रालयले बागेश्वरीमा सांस्कृतिक औद्योगिक ग्राम निर्माण गर्न लागेको हो । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले विकासमा पछाडि परेको चाँगुनारायण नगरपालिकामा

तीन तहको लगानीमा गौतम बुद्ध क्रिकेट रङ्गशाला बनाइने

चितवन। धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण प्रारम्भ गरेर छाडेको गौतम बुद्ध क्रिकेट रङ्गशाला तीन तहका सरकारको संयुक्त लगानीमा बन्ने भएको छ । सङ्घीय सरकारले बागमती प्रदेश सरकारसँगको साझेदारीमा रङ्गशाला बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएसँगै संयुक्त लगानीमा बन्ने भएको हो । भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार सङ्घीय सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले

हुम्लामा सल्लाको दियालो बालेर परम्परागत ‘भुवो पर्व’ मनाइयो

सिमकोट,हुम्ला। हुम्लाका विभिन्न गाउँ बस्तीमा भुवो पर्व मनाइएको छ । बुधबार राति सल्लाको दियालोको राँको बनाएर परम्परागत ‘भुवो पर्व’ जिल्लाको सिमकोट, सर्केगाड, खार्पुनाथ, अदानचुली, ताँजकोट गाउँपालिकामा मनाइएको हो । उक्त जिल्लाका अधिकांश गाउँपालिकामा आआफ्नो गाउँ टोलबाट सुरु भई विभिन्न बस्तीमा सल्लाको दियालो सल्काएर गाउँको पाइकपर्ने स्थान (भुवाखाडो) मा जम्मा भई

नक्कली नोटसहित एकजना पक्राउ

काठमाडौं। नेपाल प्रहरीले नक्कली नोटसहित एकजनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-१६ बालाजु माछापोखरी चोकबाट एक हजार दरको पाँच थान नक्कली नोटसहित तारकेश्वर नगरपालिका-५ लोलाङ्ग बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-१० घर भएकी २५ वर्षीया मनीषा न्यौपानेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त चोकस्थित मेडिकलमा औषधी खरिद गर्ने क्रममा नक्कली नोटको

खोटाङमा भूमिहीनलाई निस्सा वितरण

खोटाङ। खोटाङमा भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन निस्सा वितरणको काम सुरु गरिएको छ । दश स्थानीय तह रहेको जिल्लामा भूमि प्राप्तिका लागि परेका निवेदनलाई लगत प्रणालीमा प्रविष्ट गर्ने काम सकिएलगत्तै निस्सा वितरणको काम थालिएको हो । राष्ट्रिय भूमि आयोग जिल्ला समिति खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको

दश हजार किसानलाई दूधमा अनुदान दिँदै भरतपुर महानगरपालिका

चितवन। भरतपुर महानगरपालिकाले महानगरभित्रका पशुपालक १० हजार किसानलाई दूधमा अनुदान दिने भएको छ । त्यस्तै, गत वर्ष ६८ वटा सहकारी र १० वटा फार्ममार्फत दूध बिक्री गरेका ती किसानलाई रु छ करोड ३७ लाख अनुदान दिन लागेको हो । उनीहरुले दुई करोड १० लाख लिटर दूध बिक्री गरेबापत यो अनुदान

सम्वन्धित समाचारहरु