Trending
>>   सरकार संसदलाई अवमूल्यन गरिरहेको छः माओवादी सांसद सापकोटा >>   बालकार्य र बालश्रम छुट्याउन जरुरीः मन्त्री भण्डारी >>   गुड गभर्नेन्सका लागि निजामति विधेयकमा कुलिङ पिरियड रािखएको होः मन्त्री गुरुङ >>   पूर्वाधार विकासमा निजी लगानी आकर्षित गर्न वैकल्पिक विकास वित्त विधेयक ल्याइएको होः अर्थमन्त्री पौडेल >>   वैकल्पिक विकास वित्त विधेयकले आर्थिक क्षेत्रको विविधिकरण र विकासका लागि सकारात्मक पहल गर्ने सांसदहरुको विश्वास >>   संसद विघटन गर्दा मलाई कुनै दबाब थिएन, सरकारको निर्णय कार्यान्वयन गरेकी हुँः पूर्वराष्ट्रपति भण्डारी >>   विधान महाधिवेशनमा मेरो भुमिका केन्द्रिय कमिटीले गरेको निर्णयमा भर पर्छः एमाले नेतृ भण्डारी >>   रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन केही समय लाग्छः मन्त्री खड्का >>   अनौपचारिक क्षेत्र औपचारिकीकरण भएपछि प्रतिष्पर्धा बढ्छः अध्यक्ष ढकाल >>   वर्ष दिनमा ननुहाउने हिमालवासीहरु अहिले दिनको एक पटक नुहाउँछौँ, यो उपलब्धि होइन ? : सांसद…
Logo
३१ असार २०८२, मंगलवार
३१ असार २०८२, मंगलवार

चाँगुनारायणमा सांस्कृतिक औद्यौगिक ग्राम बनाइने


भक्तपुर। भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बागेश्वरीमा औद्योगिक ग्राम निर्माण हुने भएको छ । झण्डै ६३ रोपनी क्षेत्रफलमा उक्त औद्योगिक ग्राम बन्न लागेको हो ।

बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्रालयले बागेश्वरीमा सांस्कृतिक औद्योगिक ग्राम निर्माण गर्न लागेको हो । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले विकासमा पछाडि परेको चाँगुनारायण नगरपालिकामा औद्योगिक क्षेत्र स्थापना गर्न वडा नं ५ र ७ को सिमानामा रहेको गुरुङटारमा जग्गा उपलध गराउने निर्णय एक वर्ष अगाडि नै गरेर प्रदेश सरकारमा पेस गरेकामा अहिले स्वीकृत भएको बताए ।

त्यस्तै, सांस्कृतिक औद्योगिक ग्राम निर्माण गर्न वडा कार्यालय हुँदै नगरपालिका, भुमि सुधार, मालपोत, जिल्ला प्रशासन कार्यालयलगायतका उद्योग वाणिज्य सङ्घ, घरेलु तथा साना उद्योग कार्यालयलगायत सरोकारवाला सबै निकायमा छलफल र सहमति गरी प्रक्रिया पूरा गरेर प्रदेश सरकारमा प्रस्ताव पेस गरेकामा प्रदेश सरकारले स्वीकृत गरेसँगै अब औद्योगिक ग्राम निर्माणको प्रक्रिया अगाडि बढ्ने प्रमुख खत्रीले बताएका छन् ।

सांस्कृतिक औद्योगिक ग्राम निर्माण गर्न नगरपालिकाले जग्गा उपलब्ध गराउने निर्णय गरेर पठाएको प्रस्तावलाई स्वीकृत गर्दै त्यसका लागि आवश्यक अध्ययन एवंं विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण थालिएको बागमती प्रदेशका उद्योग, वाणिज्य, भुमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले जानकारी दिए।

त्यस्तै, नगरप्रमुख खत्रीका अनुसार त्यस क्षेत्रमा सांस्कृतिक औद्योगिक ग्राम निर्माणसँगै स्थानीयस्तर एवं भक्तपुर जिल्लामा उत्पादन हुने वस्तुलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको बताए । स्थानीयस्तरमा उत्पादन हुने लत्ताकपडा, बाँका, काठका निगालोका सामान, फर्निचर, डोको, डालो, नाङ्लो, परालको चकटी, गुन्द्री, सुकुल, मुठा, स्थानीय लप्सीको उत्पादन, अचार उत्पादन, खाद्य उत्पादनजस्ता कार्यका लागि उद्योगी व्यवसायीलाई ठाउँ निर्माण गरेर उपलबध गराउँदै बजार व्यवस्थापन समेत गरिने उनले बताएका छन् ।

त्यसका लागि साना उद्योग सञ्चालन गरी विभिन्न सामग्रीको उत्पादन गर्ने र ठाउँ अपुग भए थप जग्गाको व्यवस्थापन गरी एकीकृतरूपमा औद्योगिक ग्राम निर्माण गरिने नगरप्रमुख खत्रीले बताउका छन् ।


प्रकाशित मिति: २६ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?