Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने मन्त्री बस्नेतको दावी


काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने दावी गरेका छन् ।

बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सगरमाथा क्षेत्रमा विद्युतीकरण र नेपाल–भारतबीच हालै भएको दीर्घकालिक विद्युत व्यापारसम्बन्धी सम्झौताका सम्बन्धमा भएको छलफलमा उनले यस्तो दाबी गरेका हुन् ।

उनले १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने दावी गर्दै उनले त्यसका लागि सरकारले ठोस कार्यनीति बनाएको बताएका छन् । उनले भने, ‘पर्याप्त छलफल गरेर यो निर्णयसम्म पुगेका छौं । हामी आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्छौं । यो सम्भव छ । यो हामीसँग ठोस कार्यनीति छ ।’

उनले आगामी १० वर्षभित्रमा नेपालले १० हजार मेगावाट विद्युत भारतमा निर्यात के कसरी गर्ने भन्नेबारे काम गर्न दुई देशबीच संयन्त्र बनाएको जानकारी दिए । २५ वर्षसम्मका लागि भएको उक्त सम्झौता १० वर्षपछि आवश्यकताअनुसार नवीकरण हुँदै जाने पनि उनले जानकारी दिएका छन् ।

उनले भने, ‘दीर्घकालीन विद्युत व्यापार नेपाल र भारत बीचमा २०१४ मै सम्झौता भएको थियो । आगामी १० वर्षभित्र नेपालले १० हजार मेगावाट विद्युत भारत निर्यात गर्नेछ । कसरी गर्ने, कुन रेटमा गर्ने के गर्ने भन्नेबारे दुई देशबीच संयन्त्र छ । यो २५ वर्षसम्मको लागि छ, तर १० वर्षपछि आवश्यकताअनुसार नवीकरण हुँदै जाने छ ।’

उनले विद्युत देशमै खपत गर्न पुगेको छैन किन निर्यात भन्ने प्रश्न उठ्ने गरेको भन्दै देशमा खपत भएर बचेको विद्युतमात्र निर्यात गर्ने गरी तयारी गरेको उल्लेख समेत गरे ।

 


प्रकाशित मिति: २६ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?