Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

वन सम्बन्धी ऐनलाई समय सापेक्ष बनाउँदै लगेका छौँः मन्त्री ठकुरी


काठमाडौँ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन सम्बन्धी ऐनलाई समय सापेक्ष बनाउँदै सरकारले काम अघि बढाइरहेको बताएका छन् ।

मंगलवार काठमाडौंमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मन्त्रालयलाई वन विकास विरोधी भनेर लाग्दै आएको आरोपहरुको समाधान केही हदसम्म गरेको बताए । उनले विकासलाई सहजीकरण गर्दै मन्त्रालय अघि बढिरहेको बताए । देशमा दिगो आर्थिक विकास निर्माणमा वन तथा वातावरण मन्त्रालयको भुमिका महत्वपूर्ण रहोस् भन्ने हिसावले अहिलेको बजेटमा, नीति र कार्यक्रममा पनि धेरै सुधार गर्दै आएको बताए ।

मन्त्री ठकुरीले भने, ‘वन तथा वातावरण मन्त्रालयमा सधैँ लाग्दै आएको वन विकास विरोधी, वनले खेप्दै आएका विभिन्नखाले आरोपहरुबाट हामीले धेरै हदसम्म समस्या समाधान गरेका छौँ । पुराना ऐनहरु छन् । त्यसलाई सुधार गर्दै समय सापेक्ष ऐन, नियमहरु ल्याइरहेका छौँ । विकासलाई सहजीकरण गर्दै हामी अघि बढिरहेका छौँ । देशमा दिगो आर्थिक विकास निर्माणमा वन तथा वातावरण मन्त्रालयको भुमिका महत्वपूर्ण रहोस् भन्ने हिसावले अहिलेको बजेटमा, नीति र कार्यक्रममा पनि धेरै सुधार गर्दै आएका छौँ ।’

मन्त्री ठुकरीले जलविद्युत क्षेत्र नेपालको महत्वपूर्ण मेरुदण्डका रुपमा रहेको र यसको दिगो विकासका लागि सरकारले काम गरिरहेको बताए । विद्युतको सम्भावनालाई मूर्त रुप दिनसक्नु भनेको आर्थिक समृद्धिको मूल आधार तयार पार्नु रहेको बताए ।


प्रकाशित मिति: ३१ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?