Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

वन सम्बन्धी ऐनलाई समय सापेक्ष बनाउँदै लगेका छौँः मन्त्री ठकुरी


काठमाडौँ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन सम्बन्धी ऐनलाई समय सापेक्ष बनाउँदै सरकारले काम अघि बढाइरहेको बताएका छन् ।

मंगलवार काठमाडौंमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मन्त्रालयलाई वन विकास विरोधी भनेर लाग्दै आएको आरोपहरुको समाधान केही हदसम्म गरेको बताए । उनले विकासलाई सहजीकरण गर्दै मन्त्रालय अघि बढिरहेको बताए । देशमा दिगो आर्थिक विकास निर्माणमा वन तथा वातावरण मन्त्रालयको भुमिका महत्वपूर्ण रहोस् भन्ने हिसावले अहिलेको बजेटमा, नीति र कार्यक्रममा पनि धेरै सुधार गर्दै आएको बताए ।

मन्त्री ठकुरीले भने, ‘वन तथा वातावरण मन्त्रालयमा सधैँ लाग्दै आएको वन विकास विरोधी, वनले खेप्दै आएका विभिन्नखाले आरोपहरुबाट हामीले धेरै हदसम्म समस्या समाधान गरेका छौँ । पुराना ऐनहरु छन् । त्यसलाई सुधार गर्दै समय सापेक्ष ऐन, नियमहरु ल्याइरहेका छौँ । विकासलाई सहजीकरण गर्दै हामी अघि बढिरहेका छौँ । देशमा दिगो आर्थिक विकास निर्माणमा वन तथा वातावरण मन्त्रालयको भुमिका महत्वपूर्ण रहोस् भन्ने हिसावले अहिलेको बजेटमा, नीति र कार्यक्रममा पनि धेरै सुधार गर्दै आएका छौँ ।’

मन्त्री ठुकरीले जलविद्युत क्षेत्र नेपालको महत्वपूर्ण मेरुदण्डका रुपमा रहेको र यसको दिगो विकासका लागि सरकारले काम गरिरहेको बताए । विद्युतको सम्भावनालाई मूर्त रुप दिनसक्नु भनेको आर्थिक समृद्धिको मूल आधार तयार पार्नु रहेको बताए ।


प्रकाशित मिति: ३१ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?