Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

उर्जा क्षेत्रको विकासका लागि वन सम्बन्धी नीतिलाई सहज बनाउनुपर्छः अग्नि खरेल


काठमाडौँ। पूर्वमन्त्री एवं प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले उर्जा क्षेत्रको विकासका लागि वन सम्बन्धी नीतिलाई सहज बनाउनुपर्ने बताएका छन् ।

मंगलवार काठमाडौंमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले वन मन्त्रालय संसारकै सबैभन्दा अररो मन्त्रालय भएको जिकिर गर्दै यो हुनैपर्ने बताए । उनले त्यसलाई सहज बनाउने गरी अघि बढ्न जरुरी रहेको बताए । नेपालको विकासलाई अघि लैजाने हो भने वन मन्त्रालयसँग सम्बन्धित समस्याहरु सहजीकरण गर्दै जानुपर्ने बताए ।

उनले भने, ‘वन मन्त्रालय संसारकै सबैभन्दा अररो मन्त्रालय हो । त्यो ऐन पनि अलिअलि अररो छ । मान्छे अलिअलि अररो भएन भने अलि अलि काम हुन्छ नत्र भने त्यो कानून पनि अलिअलि अररो छ, त्यो हुन्छ नै । हुन्छ भनेर चित्त नदुखाउनुस्, हुन्छ नै । तर त्यसलाई कसरी सहज बनाउने भन्नेकुरा मुख्य हो । त्यसलाई सहज नबनाउने हो भने नेपालको विकास अगाडि जाँदैन । नेपालको विकासलाई अघि लैजाने हो भने वन मन्त्रालयसँग गाँसिएका अनेकौँ इस्युजहरु छन्, ति कुराहरु सहज बनाउँदै जानुपर्छ । एउटा रुख काट्दा समस्या भयो, १० वटा रुख रोप्ने त तपाईंले नीति बनाउनुभएको छ त । प्रश्न नेपालको विकास गर्ने की नगर्ने भन्ने हो । नेपालको विकास गर्ने हो भने सय वटा रुख काट्नुस्, हजार वटा रोप्नुस् । ९ सय प्रतिशत त त्यो भन्दा बढी नै भयो नि । यो पर्यटनमा पनि समस्या भएको छ । वन सम्बन्धी नीतिलाई अलिकति खुकुलो बनाउँ ।’

विज्ञ सल्लाहकार खरेलले नेपालको विकासमा सबैभन्दा महत्वपूर्ण उर्जा क्षेत्र रहेको बताए । प्रशारण लाइन कि सरकारले बनाउने वा अर्को बाटो खोज्ने भन्नेबारेमा सोच्न जरुरी रहेको बताए । अहिले आएको विद्युत ऐन सही नरहेको पनि बताए ।


प्रकाशित मिति: ३१ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?