Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२६ पुष २०८२, शनिबार
२६ पुष २०८२, शनिबार

उर्जा क्षेत्रको विकासका लागि वन सम्बन्धी नीतिलाई सहज बनाउनुपर्छः अग्नि खरेल


काठमाडौँ। पूर्वमन्त्री एवं प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले उर्जा क्षेत्रको विकासका लागि वन सम्बन्धी नीतिलाई सहज बनाउनुपर्ने बताएका छन् ।

मंगलवार काठमाडौंमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले वन मन्त्रालय संसारकै सबैभन्दा अररो मन्त्रालय भएको जिकिर गर्दै यो हुनैपर्ने बताए । उनले त्यसलाई सहज बनाउने गरी अघि बढ्न जरुरी रहेको बताए । नेपालको विकासलाई अघि लैजाने हो भने वन मन्त्रालयसँग सम्बन्धित समस्याहरु सहजीकरण गर्दै जानुपर्ने बताए ।

उनले भने, ‘वन मन्त्रालय संसारकै सबैभन्दा अररो मन्त्रालय हो । त्यो ऐन पनि अलिअलि अररो छ । मान्छे अलिअलि अररो भएन भने अलि अलि काम हुन्छ नत्र भने त्यो कानून पनि अलिअलि अररो छ, त्यो हुन्छ नै । हुन्छ भनेर चित्त नदुखाउनुस्, हुन्छ नै । तर त्यसलाई कसरी सहज बनाउने भन्नेकुरा मुख्य हो । त्यसलाई सहज नबनाउने हो भने नेपालको विकास अगाडि जाँदैन । नेपालको विकासलाई अघि लैजाने हो भने वन मन्त्रालयसँग गाँसिएका अनेकौँ इस्युजहरु छन्, ति कुराहरु सहज बनाउँदै जानुपर्छ । एउटा रुख काट्दा समस्या भयो, १० वटा रुख रोप्ने त तपाईंले नीति बनाउनुभएको छ त । प्रश्न नेपालको विकास गर्ने की नगर्ने भन्ने हो । नेपालको विकास गर्ने हो भने सय वटा रुख काट्नुस्, हजार वटा रोप्नुस् । ९ सय प्रतिशत त त्यो भन्दा बढी नै भयो नि । यो पर्यटनमा पनि समस्या भएको छ । वन सम्बन्धी नीतिलाई अलिकति खुकुलो बनाउँ ।’

विज्ञ सल्लाहकार खरेलले नेपालको विकासमा सबैभन्दा महत्वपूर्ण उर्जा क्षेत्र रहेको बताए । प्रशारण लाइन कि सरकारले बनाउने वा अर्को बाटो खोज्ने भन्नेबारेमा सोच्न जरुरी रहेको बताए । अहिले आएको विद्युत ऐन सही नरहेको पनि बताए ।


प्रकाशित मिति: ३१ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?