८ असोज, काठमाडौं । विज्ञापन बोर्डले होर्डिङ बोर्ड, सवारी साधन लगायतका माध्यममा विज्ञापन गर्दा अनिवार्य स्वदेशी कलाकार र व्यक्तिको फोटो राख्न विज्ञापनदाता, एजेन्सी र सञ्चारमाध्यमलाई निर्देशन दिएको छ । विज्ञापन नियमावली-२०८० को नियम ९ (क) को उपनियम ९३० मा पहिलो संशोधन गर्दै बोर्डले नियमानुसार स्वदेशी कलाकार वा व्यक्तिको फोटो राखी
८ असोज, उदयपुर । उदयपुरको बेलका नगरपालिका–५ खारखोलाको एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ । खारखोलाका ४० वर्षीय विजय लिम्बूको डेङ्गुको सङ्क्रमणबाट मृत्यु भएको नगरपालिकाका प्रमुख अशोक कार्कीले जानकारी दिनुभयो । गत सातादेखि डेङ्गु सङ्क्रमणबाट सिकिस्त बिरामी हुनुभएका लिम्बूलाई बेल्टार अस्पतालमा सामान्य उपचारपछि घरमै राखिएको थियो । घरमा रहँदा
८ असोज, काठमाडौं । सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक ५.८९ अंकले घटेर २००४.४५ को विन्दुमा बन्द भएको हो । आइतबार २०१०.३५ को विन्दुमा बन्द भएको नेप्से सोमबार ०.२९ प्रतिशतले गिरावट भएको थियो । गत बिहीबार ४४.३४ अंकको उच्च वृद्धि
८ असोज, बाजुरा । खप्तड छेडेदह गाउँपालिका–२ जयवागेश्वरीको माटेसागुमा भाइरल ज्वरोले दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सो वडाकी ४९ वर्षीया सौरादेवी बुढा र ६२ वर्षीय कुलबहादुर शाही रहेको स्थानीय दीर्घबहादुर शाहीले जानकारी दिनुभयो । भाइरल ज्वरोका कारण बुढाको चार दिन पहिले र शाहीको आइतबार मृत्यु भएको उहाँले
८ असोज, गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । अरु २ जना घाइते भएका छन् । रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा शेरबहादुर बेल्वासेको निर्माणधीन घर माथिबाट पहिरो खस्दा मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा प्युठान जिल्ला गौमुखी गाउँपालिका वडानम्वर ३ निवासी १७ वर्षका डोरबहादुर घर्ती रहेका
८ असोज, काठमाडौं । चाडपर्व लक्षित बजार अनुगमनलाई वाणिज्य विभागले तीब्र पारेको छ । २ असोजदेखि सुरु भएको संयुक्त अनुगमनमा दैनिक १३ टोली परिचालन भएको विभागले जनाएको छ । विभागले बजार अनुगमनका लागि कुल मिलाएर १३ टोलीको कार्य विभाजन गरेको छ । जसमा १० टोली दैनिक बजार अनुगमनमा खटिने छन्
८ असोज, काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन काठमाडौंमा सुरु भएको छ । ड्रोनबाट ब्यानर उडाएर र रिमोटबाट दियो बालेर कार्यक्रम उदघाटन गरिएको छ । अधिवेशन उदघाटनपूर्व निकालिएको र्याली रत्नपार्कदेखि अधिवेशन स्थल भृकुटीमण्डपसम्म पुगेको थियो । अधिवेशनमा एक हजार ८० जना प्रतिनिधिहरु छन् । उनीहरुले बागमती प्रदेशको नयाँ नेतृत्व
८ असोज, काठमाडौं । वाणिज्य विभागले कालोबजारी गरेको आरोपमा काठमाडौंको सबैभन्दा ठूलो चिनी गोदाम सिल गरेको छ । कुलेश्वरमा रहेको गृहेश्वरी ट्रेडलिंकको गोदाममा कृत्रिम भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएको चिनीको गोदाम सिल गरेको हो । विभागका सूचना अधिकारी आनन्दराज पोख्रेलले चिनीको गोदाम सिल गरेर चिनीको गुणस्तर परिक्षणका लागि
८ असोज, हान्झाउ । १९औं एसियाड अन्तर्गत पुरुष बक्सिङमा नेपालका रविन थापा विजयी भएका छन् । हान्झाउ जिम्न्यासियममा भएको पुरुष ५१ केजी अन्तर्गत अन्तिम ३२ को खेलमा रविनले इन्डोनेसियाका खेलाडी दियो कोएबानुलाई पराजित गरे । खेलमा रविन अंकका आधारमा ४-१ ले विजयी भएका हुन् । रविनले अब अन्तिम १६ मा
८ असोज, चितवन । जिल्लाका पाँच अस्पतालमा क्यान्सरको उपचार गर्दा बागमती प्रदेश सरकारले रु ५० हजार बराबरको खर्च व्यहोर्ने भएको छ । यससम्बन्धी सम्झौतासमेत गरिएको हो । प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय र अस्पतालबीच सम्झौता गरिएसँगै प्रदेशभित्रका बिरामीले ती अस्पतालमा उपचार गर्दा रु ५० हजार थप छुट पाउने भएका छन् ।