Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

बुटवलमा दीपावली महोत्सव हुने


बुटवल। बुटवलमा दीपावली महोत्सव हुने भएको छ । बुटवल उद्योग वाणिज्य सङ्घको आयोजनामा मुख्य बजार अमरपथ क्षेत्रमा यही कात्तिक २५, २६ र २७ गते ‘दीपावली महोत्सव–२०८०, बुटवल’ आयोजना गर्न लागिएको हो । उक्त सङ्घको शुक्रबार सङ्घ सचिवालयमा बसेको कार्यसमिति बैठकले दीपावली महोत्सव गर्ने निर्णयसहित तयारी समिति र मातहतका उपसमितिसमेत गठन गरेकोे सङ्घका महासचिव मुक्ति अधिकारीले जानकारी गराएका छन् । उक्त महोत्सवका लागि बुटवल उपमहानगरपालिका संरक्षक तथा उपमहानगरपालिकाको वडानं ४, ५ र ६ प्रबर्धकको रुपमा रहने छन् । उक्त सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले सङ्घका वरिष्ठ उपाध्यक्ष टङ्कप्रसाद गैरेलाई दीपावली महोत्सव व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी प्रदान गरेकोे छ । यसैगरी गठन गरिएको विभिन्न छ उपसमितिमा सङ्घका पदाधिकारी, कार्यसमितिका सदस्य, तीन वटै वडाका एक एकजना वडा सदस्य र कार्यक्रम सञ्चालन हुने सम्बन्धित क्षेत्रको टोल विकास संस्थाका पदाधिकारीलाई सदस्यमा रखिएको छ ।

उक्त सङ्घले पहिलो पटक आयोजना गर्न लागेको सो महोत्सव महेन्द्रपार्कदेखि काठेपुलसम्म (अमरपथ लाईन) र नेपालगञ्ज रोडको कार्की मिनीमार्केटदेखि ट्राफिकचोकसम्म सञ्चालन हुने जनाइएको छ । बुटवलको खस्किँदो व्यापार प्रवर्धन गर्न र आर्थिक गतिविधिलाई थप चलायमान गराउन महोत्सव आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष अर्यालले बताए । उनले यस क्षेत्रका व्यावसायिक तथा सामाथिक सङ्घसंस्था तथा आम समुदायलाई दीपावली महोत्सवमा सहयोग गर्न र सहभागिताका लागि अनुरोध समेत गरे । उक्त दीपावली महोत्सवले यस क्षेत्रको व्यापार र व्यवसायलाई चलायमान तथा प्रवर्धन गराउनुको साथै आर्थिक गतिविधिलाई समेत चलायमान बनाउन मद्दत गर्ने सङ्घका पूर्वअध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताए ।


प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?