Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

बुटवलमा दीपावली महोत्सव हुने


बुटवल। बुटवलमा दीपावली महोत्सव हुने भएको छ । बुटवल उद्योग वाणिज्य सङ्घको आयोजनामा मुख्य बजार अमरपथ क्षेत्रमा यही कात्तिक २५, २६ र २७ गते ‘दीपावली महोत्सव–२०८०, बुटवल’ आयोजना गर्न लागिएको हो । उक्त सङ्घको शुक्रबार सङ्घ सचिवालयमा बसेको कार्यसमिति बैठकले दीपावली महोत्सव गर्ने निर्णयसहित तयारी समिति र मातहतका उपसमितिसमेत गठन गरेकोे सङ्घका महासचिव मुक्ति अधिकारीले जानकारी गराएका छन् । उक्त महोत्सवका लागि बुटवल उपमहानगरपालिका संरक्षक तथा उपमहानगरपालिकाको वडानं ४, ५ र ६ प्रबर्धकको रुपमा रहने छन् । उक्त सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले सङ्घका वरिष्ठ उपाध्यक्ष टङ्कप्रसाद गैरेलाई दीपावली महोत्सव व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी प्रदान गरेकोे छ । यसैगरी गठन गरिएको विभिन्न छ उपसमितिमा सङ्घका पदाधिकारी, कार्यसमितिका सदस्य, तीन वटै वडाका एक एकजना वडा सदस्य र कार्यक्रम सञ्चालन हुने सम्बन्धित क्षेत्रको टोल विकास संस्थाका पदाधिकारीलाई सदस्यमा रखिएको छ ।

उक्त सङ्घले पहिलो पटक आयोजना गर्न लागेको सो महोत्सव महेन्द्रपार्कदेखि काठेपुलसम्म (अमरपथ लाईन) र नेपालगञ्ज रोडको कार्की मिनीमार्केटदेखि ट्राफिकचोकसम्म सञ्चालन हुने जनाइएको छ । बुटवलको खस्किँदो व्यापार प्रवर्धन गर्न र आर्थिक गतिविधिलाई थप चलायमान गराउन महोत्सव आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष अर्यालले बताए । उनले यस क्षेत्रका व्यावसायिक तथा सामाथिक सङ्घसंस्था तथा आम समुदायलाई दीपावली महोत्सवमा सहयोग गर्न र सहभागिताका लागि अनुरोध समेत गरे । उक्त दीपावली महोत्सवले यस क्षेत्रको व्यापार र व्यवसायलाई चलायमान तथा प्रवर्धन गराउनुको साथै आर्थिक गतिविधिलाई समेत चलायमान बनाउन मद्दत गर्ने सङ्घका पूर्वअध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताए ।


प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?