Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

समाचार


जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

२६ ,कात्तिक ,ललितपुर । ललितपुर महानगरपालिका–१४ नक्खिपोटस्थित युनसान रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सात महिला र तीन पुरुषलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनीहरुबाट रु एक लाख तीन हजार चार सय २० पनि बरामद गरिएको छ । यसैगरी, कालीकोट, खाँडाचक्र नगरपालिका–३ ताडी बजार बस्ने ३९ वर्षीय जगप्रसाद

स्वास्थमन्त्रीद्वारा नगर अस्पताल शिलान्यास

२६ ,कात्तिक ,काठमाडौँ । स्वास्थ तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका नौविसेमा अवस्थित १५ शय्याको नगर अस्पताल भवन शिलान्यास गरेका छन् । नगरपालिकामा आज आयोजित शिलान्यास कार्यक्रममा मन्त्री बस्नेतले शिलान्यास भएको अस्पतालका लागि आवश्यक जनशक्ति र एक्सरे तथा प्राविधिक सामग्री उपलब्ध गराउने बाताए । आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई

‘हाची’को सयौँ जन्मदिन जापानमा मनाईयो

जापान । तपाईंहरूले 'हाची'फिल्म हेर्नुभएको छ र कुकुर र मानिसबीचको आत्मीय सम्बन्ध झल्काउने यो फिल्म जापानको वास्तविक घटनामा आधारित फिल्म हो। सोहि हाचीको जापानमा सयौँ जन्मदिन मनाईएको छ । जापानको सिबुया रेल स्टेसनअगाडि एउटा कुकुरको सालिक छ। जापानी आकिता ब्रिडको यो कुकुर हाची वा हाचिको नामले संसारभर लोकप्रिय छ। हाचीलाई

स्वाट्टै घट्यो सुनको मूल्य !

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा १ हजारले घटेको हो । एक हजारले घटेको सुन १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज तेजावी सुनको मूल्य १ लाख १३ हजार १५० रुपैयाँ कायम भएको

विद्यालय तहमा साइबर शिक्षा अनिवार्य गरिनुपर्छः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विद्यालय तहमा साइबर शिक्षा अनिवार्य गर्नुपर्ने बताउनुभएको छ । फूल्चोकी मावि गोदावरी १४ ललितपुरमा विद्यालयका संस्थापकहरुको सालिक अनावरण तथा स्मारिका विमोचन कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले शिक्षामा सूचना प्रविधिको प्रयोग बढाउँदै यसको दुरुपयोगलाई निरुत्साहित गर्न साइबर शिक्षा दिन आवश्यक रहेको बताउनु भएको हो

नेपाल प्रहरी केनाईन कार्यालयमा कुकुर पूजा (फोटो फिचर)

काठमाडौं ।यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहारका अवसरमा नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजमा आइतबार आयोजित कार्यक्रमबीच कुकुर पूजा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले कार्यालयमा रहेका विभिन्न जातका कुकुरहरूलाई पूजा गर्नुभयो । साथै उहाँले अपराध अनुसन्धान तथा

काग धेरै मरे, संख्या घट्दै गयो : रमेश दुलाल ‘कागे’

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत रुपमा शुरु भएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारको अवसर पारेर काठमाडौंको रत्नपार्कमा काग सम्मेलन गरिएको छ । तिहारको पहिलो दिन काग तिहारको अवसरमा कागको आवाज निकाल्ने कलाकार रमेश

राज्यव्यवस्था समितिको सुझाव- ‘आवास निर्माणको काम तीव्र पारौं’

काठमाडौं। रूकुम पश्चिम र जाजरकोटमा गएको विनाशकारी भूकम्पपछि सरकारले उद्दार र उपचारमा लिएको अग्रसरताप्रति प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्रीलाई धन्यवाद दिएको छ। शनिबार दिउँसो समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेर उद्दार र उपचारमा प्रधानमन्त्रीले खेलेको भूमिकाप्रति विशेष धन्यवाद दिँदै राहत र पुनर्निर्माण प्रभावकारी बनाउन विभिन्न सुझावहरू प्रस्तुत गरेको

महानगर प्रहरीको गाडीमा राखेर किसानलाई विक्री स्थल पुर्‍याइयो,मेयर बालेन भन्छन-‘स्वेदेशी उत्पादनलाई विक्रीको प्रबन्ध’

काठमाडौँ । महानगर प्रहरी बलको सवारी साधनमा राखेर विभिन्न ठाउँमा रहेका किसानलाई सामनसहित तोकिएको विक्री स्थलमा पु¥याइँदैछ । तिहार लक्षित फूल र माला लिएर बेच्न आएका किसानलाई तोकिएको विक्री स्थलसम्म पुग्न कठिन भएकोले सवारी साधनबाट सहयोग गरिएको हो । यस क्रममा नयाँ सडकमा बसेर फूल बेच्ने व्यापारीलाई भृकुटीमण्डप सारिएको छ

भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमसहित १९ जिल्लालाई टेलिकमले नमूना जिल्ला बनाउने

काठमाडौं । नेपाल टेलिकमले भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमसहित १९ जिल्लालाई नमूना दूरसञ्चारयुक्त जिल्ला कायम गर्ने घोषणा गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले चालु आर्थिक वर्षको कार्यक्रममा नमूना जिल्ला कार्यक्रम तय गरेको थियो । जसअनुसार शुक्रवार टेलिकमले नमूना सेवा दिने जिल्लाको सूचि सार्वजनिक गरेको

सम्वन्धित समाचारहरु