Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

कर्णाली राजमार्गको कालीकोट–जुम्ला सडकखण्ड स्तरोन्नति हुँदै


मान्म। कर्णाली राजमार्गअन्तर्गत कालीकोटदेखि जुम्लाखण्ड स्तरोन्नति गर्न थालिएको छ । आर्थिक वर्ष २०७९/८० मा बजेट सुनिश्चित गरी काम अघि बढाइएको हो ।

कालीकोटको दहीखोलादेखि नाग्म हुँदै जुम्ला बजारसम्म एक सय चार किलोमिटर सडकखण्डमा गत २०८० असारमा आठवटा खण्डमा ठेक्का सम्झौता भएर अहिले स्तरोन्नतिको कामले तीव्रता पाएको छ । कर्णाली राजमार्गको कालीकोटको दहीखोलादेखि नाग्म हुँदै जुम्ला बजारसम्म सडक स्तरोन्नति काम भइरहेको जुम्लास्थित सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्र विष्टले बताए ।

“राजमार्गमा सडकको नियमित कामसँगै सडक मर्मतको काम थालिएको छ”, उनले भने, “छ महिनामा काम सक्नेगरी ठेक्का सम्झौता गरिएको छ । सम्झौताअनुसार पुस मसान्तमा काम गरिसक्नुपर्छ ।”

त्यसैगरी, सडक मर्मतको काम अन्तिम चरणमा पुगेको र मर्मतका लागि रु ८० करोड बजेट विनियोजन भएको प्रमुख विष्टले जानकारी दिए । “साँघुरा सडक फराकिलो बनाउने, पहिरो गएको स्थानमा पर्खाल निर्माण गर्ने, नाला निर्माण गर्नेलगायत काम भइरहेका छन्”, उनले भने, “बर्सेनि पहिरो जाँदा सडक अवरुद्ध हुने गरेपछि मर्मत गर्न गरिएको छ ।” आवश्यकताका आधारमा ग्याबिन वाल निर्माण पनि गरिएको कार्यालयले जनाएको छ ।

विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण भएको राजमार्ग २०६३ चैतदेखि सञ्चालनमा आएको थियो । साँघुरो, हिलाम्य र खाल्डाखुल्डीका कारण राजमार्गमा यात्रा गर्ने यात्रुले बर्सेनि सास्ती खेप्दै आएका थिए । राजमार्गमा हुने सडक दुर्घटनाले बर्सेनि सयौँ यात्रुले ज्यान गुमाउनु परेको थियो ।

त्यस्तै, सडक स्तरोन्नति र मर्मतले यसमा कमी आउने कार्यालयले विश्वास लिएको छ भने सो कार्यालयका अनुसार सुर्खेतदेखि दैलेख हुँदै कालीकोटसम्म स्तरोन्नति र मर्मतको काम सुर्खेतस्थित सडक डिभिजन कार्यालयले गरिरहेको छ ।


प्रकाशित मिति: ३ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?