Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

सुशासन समितिको बैठकमा प्रधानमन्त्रीलाई रवि लामिछानेले तेर्स्याए प्रश्नै प्रश्न


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एनसेल प्रकरणमा करछली गरेको कुरा लुकाउने व्यक्तिलाई नै किन संयोजक बनाएको भन्दै प्रश्न गरेका छन् ।

उनले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भने,‘दूरसञ्चार प्राधिकरणले आफ्नो क्षेत्राधिकार भित्र रहेर कारबाही गर्ने होइन र ? हाम्रा निकायलाई किन निकम्मा बनाइरहनुभएको छ ? कर तिर्नुपर्छ भन्ने भन्ने सिकाउने हो कि होइन ? प्रणाली बनाउनेतिर ध्यान दिएनौँ भने कोल्याप्सको बाटोमा जान्छौँ । प्रधानमन्त्रीलाई गरौँ भने लाखौँ प्रश्न छन् ।

सिंहदरवारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै काण्ड हुने बित्तिकै कारबाही नगरेर किन छानबिन समिति बनाएको भन्दै प्रश्न तेर्स्याएका हुन् । उनले सञ्चार मन्त्रालय अन्तरगतको प्राधिकरणले गर्ने कारबाही कसले रोक्यो ? भन्दै प्रश्न गरे ।

उनले थपे,‘तत्कालीन अर्थमन्त्रीले नै किन्ने ले होइन बेच्नेले कर तिर्नुपर्छ भनेका थिए । नियामक निकाय प्राधिकरणलाई के भएको हो रु आएका प्रश्न अनुत्तरित हुनुहुँदैन । महालेखाको ५५औँ प्रतिवेदनमा महालेखाको करछली लुकाइएको छ । त्यसै महालेखापरीक्षकलाई किन छानबिन समितिको संयोजक बनाइयो ? एनसेलमा सधैँभरि कानूनलाई झुक्याउने काम भएको छ । कागजमा नेपाली स्वामित्व देखाउने कार्य भएको छ । प्रधानमन्त्रीको आशीर्वादले चल्ने होइन । आदेश कार्यान्वयन नभएको भनेर त बेला बेला बोलिरहनुभएकै छ त । ऐनमा भएका अप्ठ्यारालाई सुधार गर्न प्रतिबद्ध हुनुहुन्छ कि नाइँ रु भन्दै प्रश्नै प्रश्न गरेका छन् ।

त्यसैगरी, २०८६ भदौ १५ अगाडी मात्रै सेयर खरिदबिक्री गर्न पाइने रहेछ । कानूनमा टेकेर उसले पाउने रहेछ । यो कमजोरलाई सच्चाउने कि नसच्याउने ?

उनले मन्त्रिपरिषद्को सम्पत्ति विवरण किन लुकाइएको भन्दै आक्रोश समेत पोखेका छन् ।


प्रकाशित मिति: ३ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?