Trending
>>   कोप–३१ मा नेपालको पर्वतीय एजेन्डाले पायो प्राथमिकता, आगामी दुई वर्ष संवाद हुने सहमति >>   सामाजिक सञ्जालको हल्लाका भरमा काँग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको चेतावनी >>   ‘बात बहादुर होइन, काम बहादुर बनौँ’:ओली >>   सरकारी स्टलमै प्रतिवन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियोः सभामुख अर्याल >>   लगातार चौथो जितसँगै प्लेअफमा काठमान्डुको बलियो दाबेदारी >>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित)
Logo
२३ कार्तिक २०८३, सोमबार
२३ कार्तिक २०८३, सोमबार

ब्राजिलले २०२५ को मुद्रास्फीति पूर्वानुमानलाई ५.२५ प्रतिशतमा घटायो


एजेन्सी। ब्राजिलको वित्तीय बजारले २०२५ को लागि मुद्रास्फीति पूर्वानुमानलाई ५.४४ प्रतिशतबाट घटाएर ५.२५ प्रतिशतमा ल्याएको छ ।

२०२६ को पूर्वानुमानलाई ४.५० प्रतिशतमा कायम राखेको छ । जसले मौद्रिक कडाइ नीतिको प्रभावलाई प्रतिविम्वित गर्दछ । देशका प्रमुख वित्तीय संस्थाहरूको बैंकको साप्ताहिक फोकस सर्वेक्षणअनुसार वर्षको लागि मुद्रास्फीति पूर्वानुमान अझै पनि ३ प्रतिशतको आधिकारिक लक्ष्य दरबाट धेरै टाढा छ ।

बेन्चमार्क ब्याज दरको लागि विश्लेषकहरूको प्रक्षेपण वर्षको अन्त्यको लागि १४.७५ प्रतिशत र अर्को वर्षको लागि १२.५० प्रतिशतमा स्थिर रह्यो । ब्राजिलको आर्थिक वृद्धिको सन्दर्भमा बजार विश्लेषकहरूले यस वर्षको लागि आफ्नो पूर्वानुमान २.१८ प्रतिशतबाट २.२० प्रतिशत र अर्को वर्षको लागि १.८१ प्रतिशतबाट १.८३ प्रतिशतमा स्तरोन्नति गरेका छन् ।

हाल अमेरिकी डलरको तुलनामा ५.५१ रियलमा कारोबार भइरहेको ब्राजिलको मुद्रा २०२५ को अन्त्यसम्ममा डलरको तुलनामा ५.७७ रियल र २०२६ को अन्त्यसम्ममा ५.८० रियलमा कारोबार हुने अपेक्षा गरिएको छ ।व्यापार सन्तुलन (आयात बनाम निर्यात) यस वर्ष ७४ अर्ब अमेरिकी डलर र अर्को वर्ष ७८ अर्ब अमेरिकी डलर अधिशेष देखिने अनुमान गरिएको छ । बजार विश्लेषकहरूले २०२५ र २०२६ दुवैको लागि ७० अर्ब अमेरिकी डलरको प्रत्यक्ष विदेशी लगानीको पूर्वानुमान कायम राखेका छन् ।


प्रकाशित मिति: ३ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?