Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

रुसी र इरानी राष्ट्रपतिसँग एर्दोगानको कुराकानी


एजेन्सी। टर्की राष्ट्रपति रेसेप तैयप एर्दोगानले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसूद पेजेश्कियानसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गरेका छन् ।

इजरायल र इरानबीच बढ्दो द्वन्द्वको कुटनीतिक समाधानको लागि आग्रह गरेका हुन् । पुटिनसँगको कुराकानीमा एर्दोगानले इरान विरुद्ध हालैका इजरायली कारबाहीहरूलाई हिंसाको खतरनाक चक्रका रुपमा वर्णन गरे । यसले क्षेत्रीय सुरक्षालाई जोखिममा पार्ने बताए । टर्कीका नेताले आफ्नो राष्ट्रले निरन्तर कुटनीतिक माध्यमहरूलाई प्राथमिकता दिएको कुरामा जोड दिँद इरानसँगको तनाव कम गर्ने एक मात्र तरिका संवाद रहेको बताए ।

एर्दोगानले इजरायल इरान द्वन्द्वमा ध्यान केन्द्रित गर्दा गाजामा चलिरहेको मानवीय संकटबाट अन्तर्राष्ट्रिय ध्यान हटाउन सक्ने चिन्ता पनि व्यक्त गरे । इरानी राष्ट्रपतिसँगको आफ्नो वार्तामा एर्दोगानले तनाव कम गर्न र आणविक वार्तामा फर्कन समर्थन गर्न आग्रह गरे ।


प्रकाशित मिति: ३ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?