Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

धर्मका नाममा अराजकता मच्चाउने काम भएको छ : चित्रबहादुर केसी


काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशमा धर्मका नाममा अराजकता मच्चाउने काम भएको जनाएका छन् । मङ्गलवार बुटवलमा आयोजित एक कार्यक्रममा उनले दक्षिणी हावाबाट देशमा धर्मको नाममा अराजकता मच्चाउने काम भएको आरोप लगाए ।

उनले भने,‘हिन्दु राज्यको कुरा राजतन्त्रको वकालत हो । यो सम्भव छैन, दक्षिणी हावा हो, जहाँ त्यो असफल भएको छ । धर्मको नाममा नेपाली जनताको बुद्धि भुट्ने काम भछ, धर्मको नाममा । हिन्दु, बुद्ध र कृश्चियनले खेती गरेको । धर्म मान्न पाइन्छ, त्यो अधिकार छ तर धर्मको नाममा खेल खेल्न पाइन्न ।

त्यस्तै, पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता केसीले हिन्दु धर्मको वकालत गरिनु राजतन्त्रको वकालत गरेको ठहर्ने बताउँदै लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुनै नसक्ने जनाएका छन् । राज्यले कुनै धर्मको वकालत गर्न नपाइने भएपनि धर्मका नाममा अहिले देशमा अस्थिरता ल्याउने प्रयास भइरहेको उनको भनाई रहेको छ ।

उक्त दलहरूले लोकतन्त्रको सीमाभित्र रहेर काम गर्न नसकेको उल्लेख गर्दै लोकतन्त्र र गणतन्त्रको विरोधमा गरिने मोर्चाबन्दी हटाउने अभियानमा साथ दिने बताएका छन् ।


प्रकाशित मिति: ३ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?