Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

धर्मका नाममा अराजकता मच्चाउने काम भएको छ : चित्रबहादुर केसी


काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशमा धर्मका नाममा अराजकता मच्चाउने काम भएको जनाएका छन् । मङ्गलवार बुटवलमा आयोजित एक कार्यक्रममा उनले दक्षिणी हावाबाट देशमा धर्मको नाममा अराजकता मच्चाउने काम भएको आरोप लगाए ।

उनले भने,‘हिन्दु राज्यको कुरा राजतन्त्रको वकालत हो । यो सम्भव छैन, दक्षिणी हावा हो, जहाँ त्यो असफल भएको छ । धर्मको नाममा नेपाली जनताको बुद्धि भुट्ने काम भछ, धर्मको नाममा । हिन्दु, बुद्ध र कृश्चियनले खेती गरेको । धर्म मान्न पाइन्छ, त्यो अधिकार छ तर धर्मको नाममा खेल खेल्न पाइन्न ।

त्यस्तै, पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता केसीले हिन्दु धर्मको वकालत गरिनु राजतन्त्रको वकालत गरेको ठहर्ने बताउँदै लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुनै नसक्ने जनाएका छन् । राज्यले कुनै धर्मको वकालत गर्न नपाइने भएपनि धर्मका नाममा अहिले देशमा अस्थिरता ल्याउने प्रयास भइरहेको उनको भनाई रहेको छ ।

उक्त दलहरूले लोकतन्त्रको सीमाभित्र रहेर काम गर्न नसकेको उल्लेख गर्दै लोकतन्त्र र गणतन्त्रको विरोधमा गरिने मोर्चाबन्दी हटाउने अभियानमा साथ दिने बताएका छन् ।


प्रकाशित मिति: ३ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?