Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

काठमाडौं महानगरले सूचना प्रविधि सम्मेलन गर्ने


काठमाडौं। काठमाडौं महानगरपालिकाले आगामी चैत महिनामा ‘सूचना प्रविधि सम्मेलन’ आयोजना गर्ने भएको छ । उक्त सम्मेलनमा शासन सञ्चालन गर्न तथा सेवा प्रदान गर्न प्रयोग भइरहेका प्रविधि, सेवाग्राहीमा यसको पहुँच र प्रयोग, साझेदार सरकार तथा कार्यालय बीचको अन्तरसम्बन्ध, प्रविधि प्रयोग तथा विस्तारबारे प्रस्तुतिकरण तथा छलफल हुने महानगरको सूचना प्रविधि समितिका संयोजक नवीन मानन्धरले जानकारी दिएका छन् ।

‘महानगरवासीलाई सरल, सहज र अनुमान योग्य सेवा प्रदान गर्न अत्याधुनिक आविष्कार, नवीनतम सोच र प्रविधिलाई सम्मेलनमा कसरी जोड्न सकिन्छ, युवा, साझेदार र अन्तर्राष्ट्रिय समुदायलाई कसरी सहभागी गराउन सकिन्छ भन्ने तयारी गरेका छौं,’ मानन्धरले भने ।

अहिले महानगरले डिजिटल सिग्नेचरसहितको सेवा प्रयोगमा ल्याइसकेको छ । कतिपय सेवाका लागि प्रणाली परीक्षण भइरहेको भन्दै उनले जिम्मेवार, पारदर्शी, उत्तरदायी, सरकार बन्न महानगरले प्राप्त गरेका उपलब्धिलाई संस्थागत र सिकाइलाई प्रवर्द्धन गर्न, नयाँ आविष्कारलाई ग्रहण गर्न महानगरपालिकाले नीति, योजना र कार्यक्रम बनाउनु पर्ने बताए ।

‘सम्मेलनले दिएको निचोड र सिफारिसहरु, काठमाडौंका जनता र नागरिकहरूलाई प्रविधिमा आधारित गुणस्तरीय सेवा दिन, सेवाग्राहीलाई डिजिटल आचरण विकास गर्न आवश्यक पर्ने नीति निर्माणको आधार हुनेछ,’ उनले भने ।

उक्त महानगरका सूचना प्रविधि विभागका प्रमुख महेश काफ्लेले सम्मेलनबाट प्राप्त प्राज्ञिक तथा उपयोग योग्य प्रविधिले महानगरपालिकाको मात्र होइन, समग्र सरकारी कार्य प्रणालीलाई रुपान्तरण गर्ने बताएका छन् ।

त्यस्तै, प्रविधिले प्रदान गरेका परिवर्तित अवसरमा वर्तमान सम्भावना जस्ता विषयमा विशेषज्ञ र साझेदारहरु बीच समूहगत छलफल तथा अन्तरक्रियात्मक कार्यशाला सम्मेलनका क्रियाकलापमा समेटिने काफ्लेले बताए । चैत महिनामा सम्मेलन गर्ने निर्णय भएपनि मिति भने तय भइनसकेको महानगरले जनाएको छ ।


प्रकाशित मिति: ३ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?