Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

काठमाडौं महानगरले सूचना प्रविधि सम्मेलन गर्ने


काठमाडौं। काठमाडौं महानगरपालिकाले आगामी चैत महिनामा ‘सूचना प्रविधि सम्मेलन’ आयोजना गर्ने भएको छ । उक्त सम्मेलनमा शासन सञ्चालन गर्न तथा सेवा प्रदान गर्न प्रयोग भइरहेका प्रविधि, सेवाग्राहीमा यसको पहुँच र प्रयोग, साझेदार सरकार तथा कार्यालय बीचको अन्तरसम्बन्ध, प्रविधि प्रयोग तथा विस्तारबारे प्रस्तुतिकरण तथा छलफल हुने महानगरको सूचना प्रविधि समितिका संयोजक नवीन मानन्धरले जानकारी दिएका छन् ।

‘महानगरवासीलाई सरल, सहज र अनुमान योग्य सेवा प्रदान गर्न अत्याधुनिक आविष्कार, नवीनतम सोच र प्रविधिलाई सम्मेलनमा कसरी जोड्न सकिन्छ, युवा, साझेदार र अन्तर्राष्ट्रिय समुदायलाई कसरी सहभागी गराउन सकिन्छ भन्ने तयारी गरेका छौं,’ मानन्धरले भने ।

अहिले महानगरले डिजिटल सिग्नेचरसहितको सेवा प्रयोगमा ल्याइसकेको छ । कतिपय सेवाका लागि प्रणाली परीक्षण भइरहेको भन्दै उनले जिम्मेवार, पारदर्शी, उत्तरदायी, सरकार बन्न महानगरले प्राप्त गरेका उपलब्धिलाई संस्थागत र सिकाइलाई प्रवर्द्धन गर्न, नयाँ आविष्कारलाई ग्रहण गर्न महानगरपालिकाले नीति, योजना र कार्यक्रम बनाउनु पर्ने बताए ।

‘सम्मेलनले दिएको निचोड र सिफारिसहरु, काठमाडौंका जनता र नागरिकहरूलाई प्रविधिमा आधारित गुणस्तरीय सेवा दिन, सेवाग्राहीलाई डिजिटल आचरण विकास गर्न आवश्यक पर्ने नीति निर्माणको आधार हुनेछ,’ उनले भने ।

उक्त महानगरका सूचना प्रविधि विभागका प्रमुख महेश काफ्लेले सम्मेलनबाट प्राप्त प्राज्ञिक तथा उपयोग योग्य प्रविधिले महानगरपालिकाको मात्र होइन, समग्र सरकारी कार्य प्रणालीलाई रुपान्तरण गर्ने बताएका छन् ।

त्यस्तै, प्रविधिले प्रदान गरेका परिवर्तित अवसरमा वर्तमान सम्भावना जस्ता विषयमा विशेषज्ञ र साझेदारहरु बीच समूहगत छलफल तथा अन्तरक्रियात्मक कार्यशाला सम्मेलनका क्रियाकलापमा समेटिने काफ्लेले बताए । चैत महिनामा सम्मेलन गर्ने निर्णय भएपनि मिति भने तय भइनसकेको महानगरले जनाएको छ ।


प्रकाशित मिति: ३ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?