१४ श्रावण, काठमाडाैँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पशु चौपायामा लागेको लम्पी स्किन रोगलाई रोक्न हदसम्म प्रयास गर्नुपर्ने बताएका छन्। चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले लम्पी स्किन रोगबाट मर्ने पशुको संख्या ५० हजार नाघिसकेको अवस्थामा सरकार गम्भीर नबन्नु चिन्ताको विषय भएको बताए। 'साउन १२ सम्म मुलुकभर ५०
१४ श्रावण, एजेन्सी । कोलम्बियाका राष्ट्रपतिका छोरा निकोलस पेट्रोलाई अबैधरूपमा सम्पत्ति आर्जन गरेको आरोपमा पक्राउ गरिएको छ । कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले आफ्ना छोरा निकोलसलाई अफ्नोे चुनावी अभियानसँग जोडिएको एक घोटालामा अवैध सम्पत्ति आर्जनगरेको आरोपमा पक्राउ गरिएको शनिबार बताएका हुन् । कोलम्बियाका पहिलो बामपन्थी राष्ट्रपतिले ट्वीटरमा लेखेका छन्, “प्रहरीले उहाँका छोरा
१४ श्रावण, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको सर्वोदय माविले माध्यमिक तहका लागि पाँचौँ पटकसम्म सूचना प्रकाशन गर्दा पनि गणित शिक्षक पाएको छैन । माध्यामिक विद्यालय तेस्रो तहको दरबन्दीअनुसार मासिक रु ४३ हजार छ सय ७९ तलब हुने यो पदमा कसैले दरखास्त नदिएपछि गत पुसदेखि दरबन्दी खाली भएको हो ।
१४ श्रावण, रूपन्देही । तिनाउ गाउँपालिका–३ स्थित ड्यामसाइड क्षेत्रमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले गएरातिदेखि खसेको पहिरो पन्छाउने प्रयास भइरहेको जनाएको छ । सडक अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधन बीचबाटोमै अलपत्र परेका छन् । माथिबाट ठूलो ढुङ्गासहित अझै पहिरो खस्ने खतरा रहेको जनाइएको छ
१४ ,श्रावण ,बाजुरा । लगातारको अबिरल वर्षाका कारण जिल्लामा बाढी र पहिराका कारण केही बस्ती जोखिममा परेका छन् । बिहीबारबाट आएको लगातारको वर्षाले हिमाली गाउँपालिका–३ युना र बौडीका केही परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार शुक्रबार र शनिबार आएको वर्षाका कारण युनाका दिपलाल बुढा, जङ्गबहादुर सुनार,
१४ ,श्रावण ,काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा यात्रुको झोला जथाभावी तानेर यात्रुलाई दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँबसपार्कमा यात्रुको झोला तानेर दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरी कारबाही गर्दै आएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका सहप्रवक्ता
१४ ,श्रावण ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी बोर्डलाई सक्षम संस्थाको रूपमा विकास गरिने बताएका छन् । लगानी बोर्डको कार्यालयको वार्षिक प्रतिवेदन आज बिहान ग्रहण गर्दै उनले बोर्डलाई चुस्त, प्रभावकारी तथा विज्ञको ज्ञान एवं अनुभवलाई कार्यान्वयनमा लैजान सक्ने संस्थाका रूपमा अघि बढाइने बताए । प्रधानमन्त्री दाहालले बोर्डलाई सक्षम बनाउन
१४ ,श्रावण ,गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भाषा, संस्कृति, कला र सङ्गीतको संरक्षणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानद्वारा शनिबार पोखरामा आयोजित अन्तक्र्रियामा उनले गण्डकी प्रदेश सरकार आफ्नै आम्दानीको भरमा सरकार चलाउन सक्ने अवस्थामा नरहेको र सङ्घबाट आउने अनुदानसमेत घट्दा गण्डकी प्रज्ञा प्रतिष्ठानको
१४ ,श्रावण ,चन्द्रपुर (रौतहट) । सत्र वर्षअघि भएको गौर घटनाका दोषीलाई कारबाहीको माग गर्दै आज रौतहटको चन्द्रनिगाहपुरमा धर्ना दिइएको छ । त्यसबेला २८ जनाको ज्यान लिने गरी भएको घटनाका दोषीमाथि हालसम्म कारबाही नभएकाले दबाब दिने उद्देश्यले पूर्व–पश्चिम राजमार्गस्थित चन्द्रनिगाहपुरको मुख्य चोकमा रहेको पार्कमा मृतकका परिवारले अनिश्चितकालीन धर्ना दिएका हुन् ।
१४ ,श्रावण ,काठमाडौँ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा चन्द्रकान्त राउत (सिके राउत)ले प्रत्येक वर्ष किसानले खेतीको समयमा भोग्दै आएको समस्या समाधान हुनुपर्ने बताएका छन् । सप्तरीको राजविराजमा हिजो आयोजित पार्टी प्रवेश, सङ्गठन सुदृढीकरण अभियान तथा प्रशिक्षण कार्यक्रममा उहाँले खेतीका समयमा मधेसका किसान मल पाउनबाट बञ्चित हुने गरेको उल्लेख गर्दै